२०८२ जेष्ठ २०

जैसिथोक रुपन्देही सम्पर्क समाजको शुभकामना आदान प्रदान तथा भित्ते पात्रोको बिमोचन
  • लुम्बिनी खोज
  • २०८२ बैशाख २, मंगलवार १५:१९ गते

बुटवल, २ बैशाक ।
गुल्मी जैसिथोक रुपन्देही सम्पर्क समाजद्धारा नया बर्ष ०८२ अबसरमा शुभकामना आदान प्रदान तथा भित्ते पात्रोको बिमोचन एक कार्यक्रममा साथ मंगलबार बुटवलमा सम्पन्न भएको छ ।
नया बर्षको अबसर पारेर गुल्मी जैसिथोक रुपन्देही सम्पर्क समाजद्धारा प्रकाशित भित्ते पात्रोको बिमोचन कार्यक्रममा सहभागि मध्येबाट जेष्ठ सदस्य भिमलाल पोखरेलले गरेका थिए ।
कार्यक्रममा बोल्दै समाजका अध्यक्ष राजेन्द्र कुवरले गुल्मी जैसिथोक जन्मथलो रहि रुपन्देही र यस आसपासका क्षेत्रमा बसोबासगरी बिभिन्न पेशा , ब्यबसाय गर्नेहरुका बिच आपसी सहयोग भाइचारको सबन्ध स्थापित गर्न समाज क्रियाशिल रहेको बताए ।
उनले आफनो कार्यकालमा सम्पर्क समाजको माध्यमबाट थुप्रै सामाजिक तथा आर्थिक क्षेत्रमा काम गरेको चर्चा समेत गरे ।

कार्यक्रममा समाजका उपाध्यक्ष प्रकाश खनाल ,कोषाध्यक्ष नारायण पोखरेल लगायतले बोल्दै समाजको आबस्यक्ता र महत्बको बारेमा चर्चा गरेका थिए ।
कार्यक्रम समाजका जेष्ठ सदस्य भिम प्रसाद पोखरेलको प्रमुख आथितिको रुपमा रहेका थिए । कार्यक्रमको संचालन सम्पर्क समाजका सचिव दिपक पोखरेलले गरेका थिए ।
आज बिमोचित समाजको भित्रेपत्रोको प्रकाशनकोलागि सचिब दिपक पोखरेलक संयोजक रहेका थिए भने अन्य सदस्यहरुमा नरेश पोखरेल , राजेन्द्र पोखरेल र बिष्णु खनाल रहेका थिए ।

सम्पर्क समाज २०७३ सालमा जिल्ला प्रसासन कार्यालय रुपन्देहीमा दर्ता भएको थियो । समाजमा १ सय ३ जना आजिबन सदस्य रहेका छन ।