२०८२ बैशाख ६
जनताको पीडा र अपेक्षाको प्रत्यक्ष अनुभूति लिनेतर्फ अभियान लक्षित छ : प्रचण्ड
बुटवल, ३ बैशाख ।
तराई मधेश जागरण अभियानमा रोहिणीको धकधईमा आएको माओवादीका अध्यक्ष प्रचण्ड सहितका केन्द्रीय नेताहरुको टोलीलाई माओवादी केन्द्रका नेता, कार्यकर्ता र पार्टीका शुभचिन्तकहरूले फुलमाला र बाजागाजा सहित भव्य स्वागत गरेका छन ।
तराई मधेश जागरण अभियानको क्रममा धकधईमा नेपालका प्रथम पूर्व प्रधानमन्त्री नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ‘जनतासंग माओवादी तराई मधेश हुलाकी मार्ग जागरण अभियान’ बुधवार रुपन्देही जिल्ला प्रवेश गरेको केन्द्रीय टोलीलाई रोहिणीको धकधईमा स्वागत गरेका हुन ।
जनतासँग माओवादी तराई मधेश हुलाकी मार्ग जागरण अभियानअन्तर्गत नवलपरासी हुँदै टोली रुपन्देही आइपुगेको हो।
धकधईमा अध्यक्ष प्रचण्डले क्रान्तिकारी उत्साहका साथ स्वागत गरेकोमा खुसी व्यक्त गर्दै उपस्थित नेताकार्यकर्तालाई बधाई तथा धन्यवाद दिएका थिए।
कार्यक्रममा प्रचण्डले नेपालको समग्र विकास प्रक्रिया विशेषतः तराई–मधेश क्षेत्रको चर्चा गरेका थिए। हुलाकी मार्गजस्ता आधारभूत पूर्वाधार योजनाहरूले जनतामा आशा र भरोसा पुनस्र्थापित गरेको चर्चा गर्दै, पार्टीको अभियान उपदेशमूलक नभई जनताको वास्तविक पीडा र अपेक्षाको प्रत्यक्ष अनुभूति लिनेतर्फ लक्षित भएको बताए।
विकासको मोडल स्थानीय आत्मनिर्भर अर्थतन्त्रमा आधारित हुनुपर्नेमा जोड दिँदै, राष्ट्रिय हितलाई केन्द्रमा राखी समावेशी, सन्तुलित र दिगो विकासका बाटाहरूको खोजी गर्नु आजको अपरिहार्यता भएको विचार उनले राखे।
अध्यक्ष प्रचण्ड नेतृत्वको टोलीले बिहीबार रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागिता जनाउनेछ ।
बैशाख ४ गते बिहिवार रुपन्देहीमा प्रचण्डले संम्वोधन गर्ने बिहीवारका कार्यक्रमहरु निम्नानुसार रहेका छन ।
बिहान ५स्३० बजे देखि ८स्३० बजेसम्म मर्निङ्गवाक र जनसंवाद – भैरहवा मिलनचोकदेखि, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनीरोड हुँदै बुद्धचोकसम्म रहने छ ।
बिहान ९ बजेदेखि १० बजेसम्म प्रशिक्षण – युवा विद्यार्थी र वाइसिएल स्थान होटल पौवामा गरिने भएको छ । बिहान १० देखि ११स्३० बजेसम्म अन्तरक्रिया – बुद्धिजिवी, नागरिक समाज र उद्योग व्यापार संघ होटेल पौवामा भने बिहान ११स्३० बजे सहिद परिवारसँग भेटघाट र सामूहिक खाना, दिउसो २ बजे मर्चवारको मझगावामा बृहत् आमसभालाई सम्बोधन र दिउसो ४ बजे केन्द्रीय अभियान कपिलबस्तु जिल्लालाई हस्तान्तरण गर्नेनेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र रूपन्देहीका जिल्ला संयोजक नारायण जिसी निर्मले जानकारी दिएका छन ।
बुधबार दिउँसो माओवादी केन्द्र नवलपरासी पश्चिम ९बर्दघाट सुस्ता पश्चिम० जिल्ला समितिद्वारा आयोजित ‘जनतासँग माओवादीः तराई–मधेश जागरण अभियान’अन्तर्गत सदरमुकाम परासीमा अन्तक्र्रियामा अध्यक्ष प्रचण्ड सहभागी भएका थिए।
उक्त कार्यक्रममा उद्योग तथा व्यापार क्षेत्रका प्रतिनिधिहरू, शिक्षाविद्, सञ्चारकर्मी, नागरिक समाजका अगुवाहरू, विभिन्न संघ–संस्थाका पदाधिकारी तथा सामाजिक अभियन्ताहरूको उपस्थिति थियो।