२०८२ असार २२

लुम्विनी प्रदेश प्राधिकरणमा नया सिइओ
  • लुम्बिनी खोज
  • २०७९ बैशाख २, शुक्रबार १०:३० गते

बुटवल ।

लुम्बिनी प्रदेश पूर्वाधार प्राधिकरणमा नया प्रमुख कार्यकारी निर्देशक नियुक्त भएका छन । अनन्तराज घिमिरेले प्रमुख कार्यकारी निर्देशकबाट राजीनामा दिएपछि नयाँ सिइओमा छवि पोख्रेल नियुक्त भएका हुन । गत चैत्र २५ गतेको मन्त्री परिषद्को बैठकबाट नियुक्त भएका प्रदेश पूर्वाधार प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक पोख्रेलले शुक्रवार सपथ लिएका छन । सपथ ग्रहण कार्यक्रममा वोल्दै लुम्विनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेश सरकारको पहिलो सपनाका रुपमा रहेको प्रदेशको राजधानी निर्माणको योजनालाई पूर्णता दिने गरी काम गर्न निर्देशन दिए । नब नियुक्त प्रमुख कार्यकारी निर्देशक पोखरेल प्यूठान जिल्लाको ओखरकोट निवासी हुन । सपथ ग्रहणमा निर्देशक पोख्रेलले लुम्बिनी प्रदेश सरकारले दिएको जिम्मेवारी पूरा गर्नका लागि तयार रहेको बताए ।