२०८२ बैशाख १३
बुटवल,११ वैशाख ।
सरकारी विद्यालयमा विद्यार्थी अभाव भएर मर्ज गर्ने अवस्था आइरहेको बेला बुटवलका केही सामुदायिक विद्यालयमा भने विद्यार्थीको आर्कषण प्रत्येक बर्ष बढ्दो छ ।
जसमा रुपन्देहीको बुटवल देबिनगरमा रहेको नवीन औद्योगिक कदरबहादुर रिता मावि देवीनगरले पछिल्लो समयमा प्राबिधिक शिक्षामा अब्बल नतिजा प्राप्त गरेको छ ।
विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतका अनुसार विद्यालय ब्यबस्थापन समिति, शिक्षक र अभिभावक सबैको मेहनतले अहिले विद्यालयले अब्बल नतिजा ल्याउन सफल भएको बताउँछन ।
नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय ,शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट २०६९ सालमा प्राविधिक शिक्षा सञ्चालन गर्न अनुमति प्राप्त गरेको यस विद्यालयले प्रबिधिक धार तर्फ उल्लेखनीय उपलब्धि प्राप्त गरेको बताएका छन ।
यस कारण विद्यार्थीको रोजाईमा नविन:प्रधानाध्यापक प्रेम बहादुर बस्नेत
प्रधानाध्यापक बस्नेतका अनुसार प्राविधिक शिक्षामा अभिभावकहरुले नविनलाई पहिलो रोजाईमा पार्नु नै विद्यालयको अब्बल उपलब्धी हो ।
बुटवल उपमहानगरपालिका वडा नम्बर ११ देवीनगरमा अवस्थित लुम्बिनी प्रदेश नमुना विद्यालयको रूपमा पहिचान बनाउन सफल सामुदायिक विद्यालय नवीन औद्योगिक कदरबहादुर रिता मावि देवीनगरले २०६९ सालमा प्राविधिक धार सञ्चालन अनुमति दिईको थियो । जसमा कक्षा ९ (१२ प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ सञ्चालन गर्दै आएको छ । जसमा पहिलो ब्याज २०७१ को टिएसईईमा सिर्जना केसी शाश्वत पाण्डेले ३।८८ जीपिए ल्याएका थिए । २०७४ को टिएसईईमा चौथो ब्याजका विपिन अधिकारी र सुजन ज्ञवालीले ३।९६जीपीए ल्याएका थिए । यस्तै २०७६ मा लोकसेवा आयोगद्वारा लिइएको सब ओभरसियर पदमा पहिलो ब्याचकी मनिषा पुन, अस्मिता आचार्य, विवेक भण्डारी र सिर्जना भुसालले र तेस्रो ब्याजकी सलिना भट्टराईले एकैपटक पाँचजनाले लोकसेवा आयोगमा नाम निकालेका थिए भने चौथो ब्याजकी अम्बिका ज्ञवालीले अर्को वर्ष लोकसेवा आयोगमा सब ओभरशियरमा नाम निकालेकी थिइन । त्यस्तै उच्च अध्ययन गर्ने विद्यार्थीहरूको हकमा पुलचोक इन्जिनियरिङ क्याम्पसमा पूर्ण छात्रवृत्तिमा विपिन अधिकारी ,शिवम मिश्र, विशाल मरासिनी ,सागर पाण्डे अविनाश पछाई, मधुसुदन लोहनी,अमृत शर्मा, सुलभ जिसी, सुजाता खरेल, संकल्प अधिकारी ,सुरक्षा ज्ञवाली ,कृष्ण रायमाझी, अनिल पौडेल, विवेक शिह कश्यप, सुस्मिता पुन ,शिशिर ज्ञवाली ,प्रविन अधिकारी, हरिबहादुर रणपालले पोखरा विश्वविद्यालयमा करिश्मा खड्का ,सोनु तिमिल्सिना ,राजन कोइराला ,दिव्या खनाल, समिता पौडेल, पूर्णिका श्रेष्ठ कृषि तथा पशु विज्ञान अध्ययन संस्थानमा ऋषि भण्डारी, किट विश्वविद्यालय भारतमा आशिष कडेल, बिईआटी एस ।। एमएम युनिभर्सिटीमा पूर्ण छात्रवृत्तिमा नाम निकाली अध्ययन गरिरहेका छन । पहिलो ब्याजका विद्यार्थी प्रविन कोइराला २०८० मा बिई आर्किटेक्चरमा नेपालमा उत्कृष्ट भएका थिए। २०७९ को सिभिल इन्जिनियरिङ कक्षा १२ को बोर्ड परीक्षामा सुस्मिता पुनले ३।८९ जीपीए ल्याएर नेपालमा सर्वोकृष्ट भएकी थिइन्।
दोस्रो ब्याजका मेधावी विद्यार्थी विशाल सुवेदीले लोकसेवा आयोग बागमती प्रदेश हेटौडाबाट लिएको अधिकृत स्तर सातौं इन्जिनियरिङ सेवा अन्तर्गत सिँचाई उपसमूहमा एक नम्बरमा नाम निकाल्न सफल भएका छन्।
कक्षा ९ (१२ सञ्चालित प्राविधिक धारतर्फको कार्यक्रम देशमा निराशाजनक अवस्थामा रहेकोले नवीन औद्योगिक कदरबहादुर रिता मावि देवीनगर बुटवलले नेपालमै सिभिल इन्जिनियरिङ तर्फ अगुवाई गरेको र उत्कृष्ट नतिजा दिएर नेपाल सरकारको इज्जत बचाउन सफल भएको बिघालयको दाबी छ । विज्ञान समूह सञ्चालन गरेका देशका ११४ वटा सामुदायिक विद्यालयमध्ये छनोट हुन सफल भएको छ ।
विज्ञान समूहबाट अध्ययन गरी चिकित्सा शिक्षा आयोगमा २०८१ मा महेक चौधरी, अजय कोइरी र निशान्त लुङ्गवाले एमबिबिएसमा पूर्ण छात्रवृत्तिमा नाम निकालेका छन । २०७६ मा व्यवस्थापन समूह अन्तर्गत अपेक्षा चौधरीले कक्षा १२ को बोर्ड परीक्षामा चार जीपीए ल्याएकी थिइन । २०८०को एसइइ परीक्षामा ५८ वटा परीक्षा केन्द्रमध्ये रूपन्देहीमा उत्कृष्ट परीक्षा केन्द्र भएको थियो। शिक्षा तथा मानव स्रोत विकास केन्द्र अनुसन्धान तथा गुणस्तर सुधार शाखाले आब २०८० र ८१ मा प्रत्येक प्रदेशबाट छ वटा उत्कृष्ट विद्यालय छनोट गरी सात प्रदेशका ४२ वटा विद्यालयहरूमध्ये १६ वटा सूचकका आधारमा नेपालमा द्वितीय हुन सफल भएको छ ।
व्यवस्थापन समूह अन्तर्गत होटल व्यवस्थापनका विद्यार्थीहरूले पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत ओडिसी कार्यक्रममा सहभागी भई प्रत्येक दिन १००० देखि ११०० सम्म कमाइ गर्दै आएका छन ।
बस्नेत २०६० सालदेखि स्कुलको प्रध्यानाध्यापकमा कार्यरत छन । विद्यालयमा प्रधानाध्यापक प्रेम बहादुर बस्नेतकै अगुवाईमा विद्यालयले शैक्षिक सफलता प्राप्त गरेको हो । बिगतमा बस्नेत प्रधानाध्यापकको भूमिकामा रहदा करिब ७ सय विद्याथीहरुले अध्यन गर्दै आएका थिए । नवीन स्कुललाई विद्यार्थीको आर्कषणको केन्द्र बनाउन निकै मेहनत गरेको उनी बताउन्छन । विद्यालय ब्यबस्थापन समिति, शिक्षक र अभिभावक सबैको मेहनतले अहिले विद्यालयले नाम राख्न सफल भएको उनी बताउँछन ।
कक्षा मन्टेस्वरीदेखि कक्षा १० सम्म पूर्ण अङ्ग्रेजी माध्यममा कक्षा ११ र १२ विज्ञान ,सिभिल इन्जिनियरिङ ,व्यवस्थापनमा होटल व्यवस्थापन ,कानुन र शिक्षा समूहमा गरी शैक्षिक सत्र २०८१ मा छात्र २६३९ छात्रा २०६३ गरी जम्मा ४७०२ विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले बताए ।