२०८२ बैशाख २३

नेकपा (एकीकृत समाजवादी) बाँकेको अध्यक्षमा दिपक
  • लुम्बिनी खोज
  • २०८२ बैशाख २१, आईतवार १०:४२ गते

बाँके २१ बैशाख ।
नेकपा (एकीकृत समाजवादी) बाँकेको आठौं जिल्ला अधिवेशनले दिपक जिएमको अध्यक्षतामा ५३ सदस्यीय जिल्ला कमिटी निर्विरोध चयन गरेको छ।
निर्विरोध निर्वाचित कमिटीमा अध्यक्ष दिपक जिएम, उपाध्यक्ष शिव डाँगी र करिश्मा योगि, सचिव तेजप्रसाद अघिकारि, सह–सचिव टेकेन्दर मल्ल, प्रेमिका शाहि र मकुवुल खान सहित ५३ जना रहेका छन। अधिबेशनमा बाँकेका आठ वटा पालिका वाट निर्वाचित भएर आएका ३७८ पार्टी प्रतिनधि सहभागि थिए ।
नेपालगन्जमा भएको अधिवेशन लाई केन्द्रीय महासचिव घनश्याम भुषाल, केन्द्रीय ,उप– महासचिव मेटमणि चौधरि, केन्द्रीय सचिव सोम प्रसाद पान्डे , पोलिटव्युरो सदस्य तथा बाँके इन्चार्ज अव्दुल हुसेन खाँ, केन्द्रीय सदस्य नारायणी वलि , कृष्ण वि सि, अनारकलि मियाँ
लगायतले सम्वोधन गरेका थिए ।
निर्वाचित कमिटीलाई पार्टी महासचिव घनश्याम भुसाल तथा निर्वाचन मन्डलका अध्यक्ष अव्दुल हुसेन खाँले पद तथा गोपनियताको सपथ गराएको निर्वाचन मन्डलका सदस्य अम्मर राज खत्रीले जानकारी दिए ।