२०८२ जेष्ठ १९

हाइटेन्सन लाइनको खाल्डोमा मृत भेटिए टण्डन
  • लुम्बिनी खोज
  • २०८२ बैशाख २२, सोमबार ०९:४७ गते

बुटवल २२ बैशाख ।
शनिबारदेखि बेपत्ता गोपाल टण्डन हाइटेन्सन लाइनको खाल्डोमा मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार रूपन्देहीको तिलोत्तमा–२ शंकरनगरका गोपाल टन्डन शनिवारदेखि लु ४८ प ३११७ नम्बरको मोटरसाइकल सहित बेपत्ता थिए ।
२० वर्षका टन्डन बुटवल उपमहानगरपालिका ११ स्थित हाइटेन्सन लाइनको खाल्डोमा मोटरसाइकल सहित आज बिहान साढे ९ बजे फेला परे । जिप्रकाका प्रहरी नायव उपरिक्षक सुरज कार्कीले सिसि टिभि फुटेज हेर्दा दुर्घटनामा मृत्यु भएको देखिएको बताए ।
उनी मोटरसाइकलसहित वेपत्ता भएको भन्दै उनको परिवारले खोजीका लागि प्रहरीमा निवेदन समेत दिएका थिए । हराएको निवेदन परेसँगै प्रहरीले उनको खोजी कार्यलाई तीव्रता दिएको थियो । प्रहरीले घट्नाको अनुसन्धान थालेको बताएको छ । हाइटेन्सन लाइनलाई हटाएर मोनोपोल जडान गर्न बनाइएको खाडलमा टन्डन मोटरसाइकलसहित मृत भेटिएका हुन् ।शनिवार राती २ बजेको सेरोफेरोमा तीव्र गतिमा चलाएको मोटरसाइकल खाडलमा परेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ । टन्डनको शव पोष्टमार्टमका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको छ ।