२०८२ जेष्ठ १९
लुम्बिनी २९ बैशाख ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीबाट विश्वमा शान्तिको सन्देश दिइएको बताएका छन् ।
२५६९ औं बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले आजको दिनले शान्तिको सन्देश विश्व सामु फैलाउन र गौतम बुद्धले दिएका सन्देशलाई प्रचार–प्रसार गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गरे ।
मुख्यमन्त्री आचार्यले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भए पनि नियमित उडान नहुँदा चिन्ता बढेको बताए । उनले विमानस्थल सञ्चालन तथा नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्रदेश सरकारले पहल गरिरहेको विषयमा समेत चर्चा गरे ।