२०८१ श्रावण १२

सिद्धार्थ साहित्य परिषदको साहित्यिक संगम सम्पन्न
  • लुम्बिनी खोज
  • २०७९ बैशाख ४, आईतवार ०९:५६ गते

बुटवल ।
सिद्धार्थ साहित्य परीषदको २५६ औं साहित्यिक संगम सम्पन्न भएको छ ।
साहित्यिक क्षेत्र तर्फ साहित्यकारहरुको लगाभ र रुची बनाइ राख्नका निम्ति सिद्धार्थ साहित्य परिषदले वि.स २०५३ साल देखी मासिक साहित्य सगंम गर्दै आइरहेको छ । संगम कार्यक्रममा बोल्दै उमेश चन्द्र रिजालले साहित्य सर्वपक्षी रहेको बताए । उनले आफु साहित्यकार नभए पनि साहित्यकारको संगत भएकाले आफुलाइ पनि कविता लेख्न इक्षा जागेको बताए । सिद्धार्थ साहित्य परीषदका अध्यक्ष डिल्लि राज भट्टराइले साहित्यले समाजका विकृती विसंगतीलाई कम गर्ने बताए । साहित्यकार कृष्ण प्रसाद बश्यालले राजनीती प्रती जनता उदासीत भएको भाव व्यक्त कविता वाचन गरे । साहित्यककार केशब शर्मा बेल्बासेले लामो समय देखी भेट हुन नसकेको आफन्त बिदेशमा आएर भेट भएको भाव गित प्रश्तुत गरे । देशमा राजनीती वितृष्णा हँुदै गएको भावको कबिता लक्ष्मि प्रसाद अधिकारीले वाचन गरे । कार्यक्रममा पुनहरि बेल्बासे, अस्मिता अधिकारी, बासुदेव पोखरेलले रचना वाचन गरेका थिए ।