२०८२ जेष्ठ ८

बृहत्तर बौद्ध पुरातात्विक सहर
  • लुम्बिनी खोज
  • २०८२ जेष्ठ ७, मंगलवार १३:५२ गते

–मोहनविक्रम सिंह

कामरेड जलजला उपन्यासमा लेखिएको छः “जलजलालाई खोज्ने क्र1ममा आफ्नै साथी विद्या रोकाका साथ सुनन्द लुम्बिनी पुग्छिन् । उनीहरूले पहिले लुम्बिनीको भ्रमण गर्दछन् र त्यसपछि कपिलवस्तुतिर लाग्दछन् । कपिलवस्तुमा उनीहरूले गोडिहवा, तिलौराकोट, सगरहवा, निग्लिहवा आदि स्थानहरूको अवलोकन गर्दछन् । लुम्बिनीको भ्रमणमा बद्रे आलमले उनीहरूलाई धेरै नै सहयोग गर्दछन् ।
जस्तो कि सुनन्दाको बानी थियो, लुम्बिनी र कपिलवस्तुको भ्रमणमा जानुभन्दा पहिले उनले ती स्थानहरूबारे विस्तृत रूपले अध्ययन गरेकी थिइन् र त्यसबारे बद्रे आलमले पनि उनलाई ती दुवै स्थानहरूबारे धेरै कुरा बताएका थिए ।
लुम्बिनीमा गौतम बुद्धको जन्म भएको थियो । तिलौराकोट उनका पिता शुद्धोधनको राज्यको राजधानी थियो । ती दुवै स्थानहरू बुद्धसित सम्बन्धित भएको हुनाले तिनीहरूलाई संसारभरका बौद्धहरूले आफ्नो पूजनीय तीर्थको रूपमा मान्दछन् । लुम्बिनीलाई बौद्धहरूका चारवटा मुख्य तीर्थहरूमध्ये एउटा मानिन्छ । अर्को तीनवटा तीर्थ स्थानहरूमा बुद्धले शिक्षा प्राप्त गरेको स्थान बोधगया, उनले पहिलोपटक शिक्षा दिएको स्थान सारनाथ र उनको निधन भएको स्थान कुशीनगर हुन् ।
लुम्बिनी र तिलौराकोटमा प्राचीन कालमा नै उच्च सभ्यताको विकास भएको थियो । त्यहा“ मानिसहरूको घना बस्ती थियो । पछि त्यहा“को सम्पूर्ण मानव बस्ती उजाड हु“दै गयो र त्यहा“को सभ्यता लुप्त भयो । कैयौ“ शताब्दीसम्म लुम्बिनी र तिलौराकोट दुवै घना जङ्गलले ढाकिएर ती दुवै लुप्त भएका थिए । यहा“सम्म कि लुम्बिनीको अशोकस्तम्भ पनि जमिनमुनि गाडिएर अदृश्य भएको थियो ।
संसारमा प्राचीन सभ्यताहरू लुप्त भएका कैयौ“ उदाहरण छन् । त्यसबारे उपन्यासमा लेखिएको छ ः “लुम्बिनी र कपिलवस्तु कहा“ थिए ? त्यो पनि स्वयं स्थानीय मानिसहरूले बिसर्“दै गए । त्यसरी शताब्दीयौ“सम्म लुम्बिनी र कपिलवस्तु दुवै अदृश्य भए ।”
त्यही सिलसिलामा उपन्यासमा अगाडि लेखिएको छ ः “सायद यो इतिहासको विडम्बना नै थियो कि लुम्बिनी र कपिलवस्तु जस्ता त्यति धेरै उन्नति भएका सभ्यता वा संस्कृतिहरू पनि शताब्दीयौ“सम्म हराएर गएका थिए ।”
“अमेरिकाको माया सभ्यता, सिन्धुघाटीको सभ्यता र बेबिलोन तथा मेसोपोटामियाका सभ्यताहरू पनि त्यसरी नै लुप्त भएका थिए । तर, यो सोचेर उनलाई खुसी लाग्यो कि लुम्बिनी र कपिलवस्तुहरू पुनः प्रकाशमा आएका थिए । आज ती विश्व प्रसिद्ध पर्यटक केन्द्रहरू बनेका थिए ।”
लुम्बिनी र कपिलवस्तु कसरी पत्ता लागेको थियो ? त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ ः “बौद्ध ग्रन्थ र चिनिया यात्रीहरूले लेखेका विवरणहरूका आधारमा पश्चिमी पुरातत्व शास्त्रीहरूले लुम्बिनी र कपिलवस्तुको खोजी गर्ने प्रयास गर्न थाले । सन् १८९५ मा भारतको पुरातत्व विभागले त्यो कामका लागि जर्मन पुरातत्व शास्त्री डाक्टर फोहरलाई नियुक्त ग¥यो । उनले आफ्नोे खोजीको क्रममा १८९५मा कपिलवस्तुको गोटिहवा र निग्लिहवाका अशोक स्तम्भहरू फेला पारे । त्यसपछि उनी लुम्बिनीको अशोक स्तम्भको खोजीमा लागे ।”
त्यस सिलसिलामा अगाडि लेखिएको छ ः “ब्रिटिस इन्डियालाई भारतमा रेलको निर्माणको लागि ठुलो पैमानामा काठको आवश्यकता थियो । बुटवल क्षेत्रको तराईमा पनि त्यही कामका लागि रुखहरू काट्ने काम भइरहेको थियो । रुख काट्ने क्रममा मजदुरहरूले अशोक स्तम्भको बाहिर आएको त्यसको टुप्पो देखे । त्यो बेला पाल्पाका बडाहाकिम खड्ग शमशेर थिए । त्यो थाहा पाएपछि खड्ग शमशेरले हात्ती लगाएर त्यसलाई उखेल्ने प्रयत्न गर्न थाले । उनले पुरातत्व सम्बन्धी कुनै ज्ञान भएर त्यसो गरेका थिएनन् । सायद त्यो स्तम्भलाई उखेल्ने क्रममा त्यो भा“चिन सक्दथ्यो वा नष्ट पनि हुन सक्दथ्यो । तर लुम्बिनी र कपिलवस्तुको खोजीमा लागेका डा. फुहरर त्यही बेला त्यहा“ आइपुगे । उनले खड्गशमशेरलाई त्यो स्तम्भ नष्ट गर्नुबाट रोके र त्यो स्तम्भको अभिलेख पनि पत्ता लगाए । सन् १८९६ मा अशोक स्तम्भ पत्ता लाग्यो र ६ शताब्दीसम्म हराएको अशोक स्तम्भ पुनः संसारका अगाडि प्रकाशमा आयो । त्यसपछि त त्यहा“ उत्खनन् गर्ने र अध्ययन गर्ने कार्यहरू लगातार बढ्दै गए । डा. फुहरर फर्केपछि पीसी मुखर्जी, केशरशमशेर, देवलामित्र, एनआर बनर्जी, बालकृष्ण पोख्रेल आदिले पनि लुम्बिनी र तिलौराकोटको अध्ययन, अनुसन्धान र उत्खनन्को कार्यमा महत्वपूर्ण योगदान दिएका थिए ।”
अशोक स्तम्भ पत्ता लागेपछि लुम्बिनी नै बुद्धको जन्मभूमि भएको कुरामा कुनै शङ्का रहेन । गोटिहवा र निग्लीहवामा पनि त्यसभन्दा पहिले अशोक स्तम्भहरू पत्ता लागिसकेका थिए । त्यसबाट उनको पिताको राजधानी भएको स्थान कपिलवस्तुको तिलौराकोट नै थियो भन्ने कुरामा पनि कुनै शङ्का रहेन । तर त्यस प्रकारको निष्कर्षमा पुग्नुभन्दा पहिले कपिलवस्तु र लुम्बिनीको खोजी गर्ने क्रममा अन्य कैयौ“ बेग्लाबेग्लै प्रकारका अनुमानहरू पनि गरिएका थिए । उपन्यासमा त्यस सम्बन्धी कैयौ“ विवरणको उल्लेख गरिएको छ ।
१७८४ मा कलकत्तामा एसियाली सोसाइटीको स्थापना गरिएको थियो । त्यसले पनि लुम्बिनी र कपिलवस्तुको खोजीको लागि केही प्रयास गरेको थियो । उनीहरूले भारतको उत्तर प्रदेशको गोरखपुर र बस्ती जिल्लाहरूमा नै ऐतिहासिक बौद्ध स्थानहरूको खोजी गर्ने प्रयत्न गरेका थिए । प्रसिद्ध पुरातत्वविद् जनरल अलेक्जेन्डर कनिङ्घमले भारतको उत्तर प्रदेशको बस्ती जिल्लाको मोहन नदीलाई रोहिणी नदी र मेक्सोम नगरलाई लुम्बिनी हुनुपर्छ भनी सन् १९७४ मा अनुमान गरेका थिए । कतिपय भारतीय विद्वानले उडिसाको भुवनेश्वरमा नै कपिलवस्तु वा लुम्बिनी भएको विचार पनि प्रकट गरेका थिए । एकजना शोधकर्ताले भुवनेश्वरको एउटा विश्वविद्यालयमा प्रस्तुत गरेको पीएचडीको शोधपत्रमा लुम्बिनी र कपिलवस्तु भुवनेश्वरमा नै भएको प्रमाणित गर्ने प्रयत्न गरेका थिए । भारत सरकारले घोषित रूपले नै उत्तर प्रदेशको नवगढ नै प्राचीन कपिलवस्तु राज्यको राजधानी भएको दाबी गरेको छ र त्यहा“ त्यस सम्बन्धी कैयौ“ निर्माण कार्यहरू पनि गरिएको छ । तर प्राप्त प्रमाणहरू र लुम्बिनी र कपिलवस्तुमा गरिएका उत्खननहरूबाट लुम्बिनी नेपालको रूपन्देहीमा र तिलौराकोट कपिलवस्तुमा भएको कुरा अन्तर्राष्ट्रिय रूपमा प्रमाणित भइसकेको छ ।
अब लुम्बिनी र तिलौराकोट दुवै अन्तर्राष्ट्रिय महत्वका बौद्ध तीर्थस्थल वा पर्यटन केन्द्रहरू बनेका छन् । ती दुवै स्थानहरूको विकासका लागि नेपाल सरकार वा कतिपय अन्तर्राष्ट्रिय संस्थाहरूले पनि कैयौ“ योजना बनाएका छन् । त्यसको लागि ठुलो धनराशि छुट्याइएको छ वा खर्च पनि भएको छ । लुम्बिनीमा तिलौराकोटको विकास वा प्रवर्धनका लागि अहिलेसम्म गरिएका सबै प्रयासहरूप्रति हामीले उच्च सम्मान प्रकट गर्दछौ“ । त्यस सन्दर्भमा ‘कामरेड जलजला’ उपन्यासले पनि लुम्बिनी र तिलौराकोटको बौद्ध सभ्यतालाई अरू उच्च आयाम दिनका लागि एउटा परिकल्पना प्रस्तुत गरेको छ । त्यो एक प्रकारले सपना नै हो । त्यसलाई अर्को शब्दमा यस्तो भन्न सकिन्छ – त्यो नेपालको प्राचीन बुद्ध सभ्यतालाई उच्चस्तरमा उठाउनका लागि उपन्यासले देखेको एउटा सपना नै हो । तर कैयौ“ महान कार्यहरू परिकल्पना वा सपनाबाट नै पैदा हुने गर्दछन् । त्यसबारे लेनिनले यो भनेका छन् ः ‘साथी हो सपना देख्नुहोस् ।’ समाजवाद र साम्यवादका उद्देश्यहरू पनि यही प्रकारका सपनाहरू हुन् । तर ती काल्पनिक सपना नभएर इतिहासको विकास र भौतिक परिस्थितिको ठोस विश्लेषणका आधारमा, अर्का शब्दमा, द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादको सिद्धान्तका आधारमा सिद्ध गरिएका सपनाहरू हुन् र संसारभरका करोडौ“ कम्युनिस्टहरूले शताब्दीदेखि ती सपनाहरू पूरा गर्न सङ्घर्ष गर्दै आएका छन् । वास्तवमा कुनै चिजबारे पहिले सपना नदेखिकन त्यसले मूर्तरूप लिन सक्दैन । पहिले त्यो सपना मन वा मस्तिष्कमा आउ“छ । त्यो सपना त्यहीँसम्म मात्र सीमित रह्यो भने त्यो दिवा सपना मात्र बन्दछ । तर सपनालाई व्यवहारिक रूप दिन प्रयत्न गर्ने हो भने त्यसले मूर्तरूप लिने पनि सम्भावना रहन्छ । कामरेड जलजला उपन्यासले बृहत्तर बौद्ध पुरातात्विक सहरको सपना देखेको छ । त्यसबारे त्यो उपन्यासमा लेखिएको छ ः “कपिलवस्तु रूपन्देहीका सबै पुरातात्विक र ऐतिहासिक महत्वका स्थानहरूको विस्तृत रूपले उत्खनन गर्नुपर्ने आवश्यकता छ । बद्रे आलमले बताए अनुसार त्यही प्रकारका कतिपय महत्वपूर्ण स्थानहरू पश्चिम नवलपरासीमा पनि पर्दछन् । त्यसरी कपिलवस्तुदेखि पश्चिम नवलपरासीसम्मको विस्तृत भूभागको एउटा मेघा प्रोजेक्ट नै बनाउनुपर्दछ । त्यसरी ती तीनै जिल्लाहरूको विस्तृत अध्ययन गरेमा ती तीनै जिल्लाहरूस“ग सम्बन्धित प्राचीन सभ्यताको एउटा भव्य चित्र हाम्रो अगाडि आउने थियो । ती तिनै जिल्लाहरूलाई मिलाएर एउटा बौद्धकालीन बृहत्तर सहरको निर्माण गरिएमा त्यो अन्तर्राष्ट्रिय महत्वको एउटा पुरातात्विक सहर नै हुन सक्दथ्यो ।
उपन्यासमा कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा प्राचीन बौद्ध सभ्यतासित सम्बन्धित कैयौ“ ऐतिहासिक अवशेषहरू पत्ता लागेको बताइएको छ ।
त्यस सिलसिलामा कामरेड जलजला उपन्यासमा लेखिएको छ ः “कैयौ“ अनुसन्धानकर्ताले कपिलवस्तु र रूपन्देहीका कैयौ“ स्थान, त्यहा“का कैयौ“ ढिस्कामा प्राचीन सभ्यताका सङ्केतहरू भएको अनुमान गरेका छन् । कतिपय स्थानहरूको विदेशी अनुसन्धानकर्ताहरूले अध्ययन वा उत्खनन् पनि गरेका छन् । ती दुवै जिल्लाहरूमा त्यस प्रकारका स्थानहरू असङ्ख्य छन्, जस्तै कि धानखोला, शिवगढी, सोनागढ, चनाघाट, खुरुरिया, बेदमौ, परशुरामपुर, पत्थरकोट, अमौली, कोपवा, बिकुली, सगरहवा, श्रीनगरा, बेल्होवा, कोट्हीकोट, निग्लिहवा, जहादी, अरौराकोट, चेत्रादेई, धम्निहवा, लोहसौडिया, रेहरा, औरहिया, रामघाट, डेरवा, पट्खहवा, आनन्दबाग, मुर्चहवा, बर्दहवा, लम्टिया, कुदान, दलदलाहा, डङ्गरी, पिपरी, गोटिहवा, सिंहखोर, हर्देवा, बभनीकोट, हर्दौना, कड्जहवा, दोहनी, सिसहनिया कोट, बेलुहवा, बिजुवा, मनखोरिया, धर्मपानिया, बिमियाकोट, मुडफुटुवा, दुईमुनिया, छोटी सिसनिया, कडी सिसनिया, सोहसपतरिया, परोरा, मनौरी, कालीदह, पैसिया, देवदह, बञ्जराही, निपनिया, पिप्रहवा, पर्रोहा, सैनामैना, भुतकुवा, लक्ष्मीपुर आदि ।”
उक्त विषयमा अरू प्रकाश हाल्दै उपन्यासमा लेखिएको छ ः “ती जिल्लाहरूका कतिपय स्थानहरू विभिन्न देवी वा देवताहरूका नाममा रहेका छन् । जस्तै कि समय माइ स्थान, तौलेश्वरनाथ, बालाकुण्ठ बराजु, मन्ठारीबाबा र कालीमाई, चञ्चाई माई, प्रकटेश्वर, मर्चवारी माई, कुमारवर्ती माई, भैरवनाथ, नरेश्वर, ऐरेनीस्थान आदि । यी विभिन्न स्थानहरूको नाम देवी र देवताहरूको नामबाट रहेको भएपनि ती स्थानहरू पुरातात्विक महत्वका स्थानहरू हुन् ।
माथि दिएका ऐतिहासिक र पुरातात्विक स्थानहरूलाई जिल्लाका आधारमा विभाजनको विवरण दि“दै उपन्यासमा लेखिएको छ ः “बद्रे आलमले सुनन्दालाई कपिलवस्तु जिल्लामा करिब १३६, रूपन्देहीमा करिब ९९ र नवलपरासी जिल्लामा ४० पुरातात्विक स्थानहरू भएको बताएका थिए । तिनीहरूमध्ये कपिलवस्तुमा तिलौराकोट, निग्लिहवा, सगरहवा, गोटिहवा, कुदान, अरोराकोट, दोहनी, प्राचीन स्तूपा, सिसहनिया, धमनिहवा स्तूपा आदि, रूपन्देहीमा लुम्बिनी, देवदह (देवदहअन्तर्गत घोडहवा हाल बुद्धनगर, बैरीमाई, कन्यामाई, केरवानी क्षेत्र) आदि, नवलपरासी जिल्लामा रामग्राम स्तूपा, पण्डितपुर आदि विशेष रूपले उल्लेखनीय भएको बताएका थिए ।”
उपन्यासमा लेखिएको छ ः “ती तीनै जिल्लाहरूलाई मिलाएर एउटा बौद्धकालीन वृहत्तर सहरको निर्माण गरिएमा त्यो अन्तर्राष्ट्रिय महत्वको एउटा पुरातात्विक सहर नै हुन सक्दथ्यो । त्यसले खाली ती तीनवटा जिल्लाहरूको मात्र होइन, नेपालको सम्पूर्ण इतिहासमा नया“ आयाम थप्ने थियो ।”
उपन्यासमा बृहत्तर बौद्ध पुरातात्विक सहरको चर्चा गरिसकेपछि तिलौराकोट परिच्छेदको अन्तमा लेखिएको छ ः “सुनन्दा अब रूपन्देही वा कपिलवस्तुमा छैनन् र उनले खाली लुम्बिनी तथा कपिलवस्तुका केही स्थानहरू तिलौराकोट, गोटिहवा, कुदान, निग्लीहवा, सगरहवा आदि केही स्थानहरूको मात्र अध्ययन गरेकी थिइन् । तर, ती तीन वटै जिल्लाहरू कपिलवस्तु, रूपन्देही, नवलपरासीको गर्भमा लुकेको त्यो अत्यन्त महान् सभ्यताबारे केही अनुमान मात्र गर्न सकेको भए पनि उनले कति धेरै प्रसन्नता अनुभव गर्न सक्दथिन् होला ? तर उनलाई न दाङ देउखुरीको प्राग्ऐतिहासिक ढुङ्गेयुगीन सभ्यताको बारेमा नै ज्ञान हुनसक्यो, न उनले कपिलवस्तु, रूपन्देही र नवलपरासीको गर्भमा लुकेको एउटा महान् सभ्यता, जसलाई कपिलवस्तु वा लुम्बिनी सभ्यता भन्न सकिन्छ, को नै अनुमान गर्न सकेकी थिइन् ।
“कुनै दिन लुम्बिनी, कपिलवस्तु तथा जुम्लाका सभ्यताहरू पनि लुकेर बसेका थिए तर कैयौ“ महान् खोजकर्ताहरूको प्रयत्नहरूद्वारा ती संसारको अगाडि आए । हामीले आशा गर्नुपर्दछ, कपिलवस्तु वा लुम्बिनीको सभ्यता पनि त्यसैगरी हाम्रा अगाडि आउने छ र त्यसबाट सारा संसार चकाचौँध हुने छ ।”
कामरेड जलजला उपन्यासमा कैयौ“ वास्तविक पात्रहरूलाई पनि समावेश गरिएको छ । यद्यपि उनीहरूलाई उपन्यासिक रूपमा नै समावेश गरिएको छ । त्यस अनुसार माथि उल्लेख गरिएका परीक्षणहरूमा पनि बद्री आलमलाई पनि उपन्यासमा एउटा वास्तविक पात्रको रूपमा समावेश गरिएको छ ।

  1. ↩︎