२०८२ जेष्ठ २०

बुटवलमा एक महिला र उनका दुई छोरीको विभत्स हत्या
  • लुम्बिनी खोज
  • २०८२ जेष्ठ १४, बुधबार १५:४४ गते

बुटवल १४ जेठ ।
बुटवलमा एक महिला र उनका दुई छोरीको विभत्स हत्या भएको छ । हत्या भएकाहरूमा बुटवल उपमहानगरपालिका– ११, होराइजनचोकनजिक मिलिजुली पथमा अन्दाजी २७ वर्षीया दीपा बस्याल, उनका दुई छोरीहरू सात वर्षीया स्नेहा बस्याल र चार वर्षीया नानी बस्याल रहेको प्रहरीले जानकारी दिएको छ । हत्यामा संलग्न भएको आरोपमा ३४ वर्षका सुजन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ । धारिलो हतियार र हथौडा प्रयोग गरेर हत्या गरिएको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न आशंका गरिएका कोइराला दीपाका पूर्वपति हुन् । उनी आफ्नै दाजु मारेर जेल बसी केही वर्षअघि संविधान दिवसको दिन आममाफी पाएर छुटेको व्यक्ति हुन्। दीपाले नवलपरासीका शंकर ढकालसग अर्कैसँग विवाह गरी बसेकी थिइन् ।