२०८२ जेष्ठ २१

गृहमन्त्रीले राजीनामा दिनुपर्ने माओवादीको माग कायमै
  • लुम्बिनी खोज
  • २०८२ जेष्ठ १९, सोमबार १४:२५ गते

बुटवल, १९ जेठ ।
नेकपा ९माओवादी केन्द्र०ले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग यथावत् रहेको बताएको छ ।
सिंहदरबारमा बसेको शीर्ष तीन दलका नेताहरूको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले यस्तो जानकारी दिएका हुन्। बैठकमा संसद्को गतिरोध अन्त्य गर्ने र प्रतिगामीहरूको गतिविधिका विषयमा छलफल भएको उनले बताए।
पाण्डेका अनुसार बैठकमा सत्तारूढ दलका नेताहरूले गृहमन्त्रीले राजीनामा नदिई संसद् सुचारु गर्नुपर्ने धारणा राखेका थिए। आफूहरूको माग यथावत् रहेको बताउँदै पाण्डेले भने, ‘हामीले जो विषयवस्तु राखेका छौँ, त्यो यथावत् छ। त्यसैले, सुशासनलाई केन्द्रित गरेर अघि बढ्नुपर्छ भन्ने विषयवस्तु हाम्रो तर्फबाट राख्यौँ।’