२०८२ जेष्ठ २१
बुटवल,१९ जेठ ।
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले भिजिट भिसा प्रकरणमा छानविनका लागि गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने अडान नछाड्ने बताएको छ ।
पार्टी कार्यालय बनस्थलीमा सोमबार बसेको रास्वपा संसदीय दलको बैठकले उच्चस्तरीय छानविन आयोगमार्फत गृहमन्त्री लेखकमाथि अनुसन्धान हुनुपर्ने र त्यसअघि राजीनामा दिएर मार्गप्रसस्त गर्नुपर्ने अडान कायमै राख्ने निर्णय गरेको हो ।
गृहमन्त्रीमाथि प्रश्न उठेकाले गृहमन्त्रीले नभइ सरकारको अभिभावकको रुपमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ दिनुपर्ने बैठकको निष्कर्ष रहेको रास्वपा कार्यवहाक प्रवक्ता मनिष झाले जानकारी दिए ।