२०८२ जेष्ठ २३
बुटवल २१ जेठ ।
नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले छुवाछूतलाई अन्त्य गर्नका लागि सामाजिक रुपान्तरणको आवस्यकता रहेको बताएका छन ।
१९ औं छुवाछूत उन्मुलन दिवसको अवसरमा बुधवार नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र ० रुपन्देहीले बुटवलमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गदै दासयुगको अवशेषको रुपमा रहेको छुवाछूतको कानुनी रुपमा अन्त्य गर्न जनयुद्धले भुमिका खेलेको स्मरण समेत गरे । उनले माओवादी आन्दोलनमा दलित समुदायको एतिहासिक भुमिका रहेको पनि बताए । माओवादी जनयुद्धको बिकाससंगै छुवाछूतलाई निरुत्साहित गर्न सहयोग गरेको बताउदै उनले यो मुद्दालाई सशक्त बनाउदा मात्र छुवाछूत पुर्ण रुपमा निर्मुल पार्न सकिने बताए
उनले दलित समुदायलाई सशक्तीकरण र रुपान्तरण गर्न जरुरी रहेको बताउदै माओवादीले लडाइँ गरेर ल्याएको ब्यवस्था सदुपयोग गर्नु पर्नेमा जोड दिए । उनले छुवाछूत बिरुद्ध एक्लै लडेर हुँदैन भनेर नै छुवाछूत मुद्दा सरकारबादी फौजदारी मुद्दामा ऐनले ब्यवस्था गरेको बताए ।
धर्मनिरपेक्षता, समाबेशिता आदि उत्पीडित समुदायको हितमा माओवादीको नीतिले समेटेको र त्यसलाई राज्यले अंगिकार गरेको बताए ।
पार्टीका जिल्ला संयोजक नारायण जिसी निर्मलको अध्यक्षता प्रदेश कमिटी सचिवालय सदस्य सुजित बिकले संचालन गरेको उक्त कार्यक्रममा रुपन्देही जिल्ला इन्चार्ज समेत रहनु भएकी केन्द्रीय सदस्य सोनिया यादवले राज्यको हरेक निकायमा दलित सहभागीता वृद्धि गर्न जरुरी रहेको बताइन । उनले सोच र बिचारमा परिवर्तन नगर्दा सम्म छुवाछूतका मुद्दा समाजमा आईरहने भएको हुँदा त्यसको निर्मुलको लागि मानिसको सोच र बिचारमा परिवर्तन गर्न जरुरी रहेको बताइन ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य रामु परियारले कानुनी रुपमा जातीय छुवाछूत उन्मुलन भए पनि ब्यबहारिक रुपमा कायमै रहेको बताएका थिए । उनले मुलुक छुवाछूत मुक्त घोषणा गरे पश्चात पनि २५ जना दलितले छुवाछूत कै कारण ज्यान गुमाउनु परेको बताए ।
दलित मुक्ति मोर्चा रुपन्देहीका इन्चार्ज पदम बिश्वकर्माले कानुनले छुवाछूतलाई अपराध स्वीकार गरेको तर ब्यबहारिक पक्षको कार्यान्वयन नहुनु दुस्खद रहेको बताए ।
२०६३ जेठ २१ गते सरकारले मुलुकलाई ’जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको दिनको स्मरणमा प्रत्येक वर्ष जेठ २१ गतेलाई ’जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस’का रूपमा मनाउने गरिएको छ ।