२०८२ जेष्ठ २३

पुर्व प्रधानमन्त्री माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  • लुम्बिनी खोज
  • २०८२ जेष्ठ २२, बिहीबार १३:३६ गते

बुटवल, २२ जेठ ।
पुर्व प्रधानमन्त्री एबं नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । उनीहरुलाई पतञ्जलि जग्गा हिनामिना प्रकरणमा मुछिएको छ। विशेष अदालतका अनुसार, मुद्दा बिहीबार दर्ता भएको हो।नेपालको इतिहासमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पहिलोपटक पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचारको मुद्दा दायर भएको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।्
नेपाल प्रधानमन्त्री भएका बेला पतञ्जलि योगपीठले जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी छुटमा जग्गा खरिद गरेको थियो । तत्कालीन सरकारको निर्णयबाट हदबन्दी छुटमा पाएको जग्गा पछि मन्त्रिपरिषद्कै निर्णयबाट बिक्री गरेको भेटिएपछि अख्तियारले छानबिन थालेको थियो ।
सोही प्रकरणमा नेपाललाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।