२०८२ जेष्ठ २३

माधव नेपालको सांसद पद स्वत: निलम्बनमा 
  • लुम्बिनी खोज
  • २०८२ जेष्ठ २२, बिहीबार १३:४३ गते

बुटवल, २२ जेठ ।

एकीकृत समाजवादीका संसदीय दलका नेता माधवकुमार नेपालको सांसद पद स्वत: निलम्बनमा परेको छ। अख्तियारले पतञ्जली जग्गा हिनामिना प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेसँगै पूर्वप्रधानमन्त्री नेपालको पद स्वत: निलम्बनमा परेको हो । 

भ्रष्टाचार निवारण ऐनको दफा ३३ अनुसार नेपालको सांसद पद स्वत: निलम्बन भएको हो।