२०८२ जेष्ठ २४

कान्तिमा विज्ञान शिक्षकहरूलाई विज्ञान प्रयोगशाला सुरक्षा व्यवस्थापन प्रशिक्षण
  • लुम्बिनी खोज
  • २०८२ जेष्ठ २३, शुक्रबार ११:१८ गते

बुटवल २३ जेठ ।
बुटवल उपमहानगरपालिका वार्ड ४ स्थित कान्ति माध्यमिक विद्यालयले विज्ञान विषय अध्यापन गराउने शिक्षकहरूका लागि विज्ञान प्रयोगशाला सुरक्षा व्यवस्थापन सम्बन्धी तीन दिने शैक्षिक प्रशिक्षण कार्यक्रम शुक्रवारदेखि सुरु गरेको छ।
नेपाल सरकार शिक्षा मन्त्रालयको विज्ञान विषय प्रवर्द्धनका लागि विद्यालय विकास योजना अन्तर्गत शिक्षकहरूका लागि विज्ञान प्रयोगशाला सुरक्षा व्यवस्थापन तीन दिने कार्यक्रम गरिएको हो। तीन दिने शैक्षिक प्रशिक्षण कार्यक्रममा कञ्चन कुमार नायक र केशव पौडेल दुई जना प्रशिक्षकहरूले प्रशिक्षण दिने छन्।
शुक्रवार उद्घाटन सत्रमा विद्यालयका सहायक प्रधानाध्यापक केदारनाथ ज्ञवालीले कार्यशालाबाट सिकेका विषयहरूलाई दैनिक कक्षा शिक्षणमा कक्षाकोठामा प्रयोग गर्नुपर्ने बताए विद्यालयका प्रअ एवं कार्यक्रम अध्यक्ष गोविन्द ज्ञवालीले विद्यार्थीलाई वर्तमान विश्व परिवेश सुहाउँदो तरिकाले शिक्षणमा वैज्ञानिकता र व्यवहारिकता जोड्दै अगाडि बढाउनका लागि यो कार्यक्रम प्रवाहकारी हुने बताए उनले अबका दिनमा अध्ययन अनुसन्धानमा रुचि नराख्ने व्यक्तिले प्रभावकारी शिक्षण गर्न नसक्ने भएकोले कान्तिका शिक्षक हरेक क्षेत्रमा पहिला भन्ने अभियान अन्तरगत यो कार्यक्रम गरिएको बताए । कान्ति माविका ३५ जना शिक्षकहरू सहभागी रहेका छन् । शिक्षकहरूले गुणस्तरीय शिक्षा प्रदान गर्न पेसागत वृद्धि गर्न आवश्यक रहेको कान्तिमा अन्य विभिन्न कार्यक्रम पनि निरन्तर चलिरहेका छन् । कार्यक्रम कक्षा ११÷१२ विज्ञान विषय समूहका संयोजक मोहन भट्टराईको सञ्चालनमा उद्घाटन समारोह सञ्चालन भएको थियो। प्रशिक्षण कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक डा उमेश न्यौपानेले गर्ने छन् ।
उक्त अवसर प्रयोगशालामा हुने जोखिमहरूको पहिचान र व्यवस्थापन उपाय, रसायन तथा उपकरणहरूको सुरक्षित प्रयोग र भण्डारण, आपत्कालीन अवस्थामा अपनाउनु पर्ने कार्य योजना,आई एस ओ अनुरूप गुणस्तरीय र सुरक्षित प्रयोगशाला प्रणाली कार्यान्वयन,संरक्षण यस्तै आन्तरिक अडिट गर्न सक्ने क्षमताका विकास जस्ता विषयहरूमा प्रशिक्षण गरिएको छ ।