२०८२ असार ५

बुटवलमा सहिद स्मृति जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता, देवदहका पाण्डे र थापा प्रथम
  • लुम्बिनी खोज
  • २०८२ जेष्ठ ३०, शुक्रबार १४:३१ गते

बुटवल, ३० जेठ ।
बुटवलमा सहिद स्मृति जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता भएको छ ।
सहिद स्मृति प्रतिस्ठान रूपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको सहयोगमा सञ्चालित प्रतियोगिताको शुक्रबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्दै बुटवललाई खेलकुदको माध्यमबाट पनि देश विदेशमा चिनाउन खेलकुदको विकासमा लागि परेको बताए ।
विद्यालय तहबाटै खेलाडी उत्पादन गर्ने उदेश्यले उपमहानगरपालिकाले विभिन्न विधाका विद्यालय स्तरीय प्रतियोगिता आयोजना गर्दै आएको भन्दै उनले बुटवलले खेलकुद क्षेत्रको विकासका लागि विभिन्न योजना अगाडी बढाएको धारणा राखे ।
सहिद स्मृति प्रतिष्ठान रूपन्देहीका अध्यक्ष हरी प्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न प्रतियोगिता उद्घाटन कार्यक्रममा बुटवल उपमहानगरपालिका कार्यपालिका सदस्य राधा पौडेल, बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समिति संयोजक बोनिन पिया, कार्यक्रम संयोजक पुष्पराज ढकाल, प्रतिस्ठानका सचिव दामोदर घिमिरेलगायतले प्रतियोगिताको आवश्यकता र औचित्य बारे आ आफ्नो भनाइ राखेका थिए ।

बुटवल उपमहानगरपालिका वडा नं ७ शिवनगर स्थित न्यु लुम्बिनी ब्याडमिन्टन कभर्डहलमा भएको प्रतियोगितामा नेकपा माओवादी केन्द्र रूपन्देहीका संयोजक निर्मल जिसी, माओवादी केन्द्रका नेता सुजित बिकलगायतको सहभागिता रहेको थियो । प्रतियोगितामा १६ टिमको सहभागीता रहेको थियो ।
देवदहका पाण्डे र थापा प्रथम

प्रतियोगितामा देवहद शहीद स्मृति प्रतिष्ठानका विश्वास पाण्डे र इन्द्र थापा प्रथम भएका छन् । त्यस्तै आयोजक सस्थाका प्रकाश थापा र लाल वहादुर थापा दोश्रो र तेस्रोमा आयोजक सस्थाका मदन पुन र मिन वहादुर शारु तथा तिलोत्तमा सहीद स्मृति प्रतिष्ठानका विष्णु थापा र खडक थापा भएका छन् । त्यस्तै जितेन्द्र–मणि स्मृति प्रतिष्ठान भैरहवाका विसन रानालाई अनुशासित खेलाडीका रुपमा सम्मान गरिएको प्रतिस्ठानका सचिव दामोदर घिमिरेले बताए ।
प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार, दोश्रोले २० र तृतिय हुनेले १० हजार पुरस्कार प्राप्त गरेका छन् ।