२०८२ असार १३
बुटवल १३ असार ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
पार्टीको तर्फबाट प्रदेश सभा सदस्य रहेकी अम्बिका काफ्लेले शुक्रबार मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी सभामुखलाई गराएकी हुन् ।
जसपा नेपालको संसदीय दल नेता अम्बिका काफ्लेले शुक्रबार प्रदेशसभामा संविधानको धारा १८८ को उपधारा २ अनुसार लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्रमार्फत प्रदेशसभालाई जानकारी गराएकी छिन् । जसपाको लुम्बिनी प्रदेशमा १ जना प्रदेशसभा सदस्य मात्र छन् । पार्टी विभाजनपछि अरू दुई सांसद अशोक राई नेतृत्वको जसपामा छन्।