२०८२ असार २८

पश्चिम नेपाल बस प्रालिद्धारा सहकारी जनचेतनामूलक कार्यक्रम
  • लुम्बिनी खोज
  • २०८२ असार २७, शुक्रबार १६:२२ गते

बुटवल, २७ असार ।
पश्चिम नेपाल बस ब्यबसायी प्रा.लि. अन्तर्गत कार्यरत कर्मचारी तथा मजदुरहरुलाई आफुसहित यात्रुको जिवन र कमाएको पैसा दुबै बचाउने उपायबारे प्रशिक्षण प्रदान गरेको छ । बिगतमा आफु मातहतका यातायात मजदुरहरुलाई दुर्घटना न्यूनिकरण र सवारी ब्यबस्थापनबारे प्रशिक्षण दिँदै आएको प्रा.लि.ले यसबर्ष आफु दुःख पर्दाको साथि बन्ने योजनाका साथ कार्यक्रम संचालन गर्ने भएको छ ।
दैनिक हजारौं यात्रुलाई गन्तव्यमा पु¥याउने गाडीका चालक र सहचालकहरुको आफ्नो जिन्दगी प्रायः अनिश्चितताको मोडमा हुने भएकोले दुर्घटना पश्चात सामाजिक र पारिवारिक सुरक्षाको प्रत्याभुती दिलाउन रु. २२ लाखसम्मको आर्थिक सुरक्षा योजना लागु गरिएको पश्चिम नेपाल बस ब्यबसायी प्रा.लिले जनाएको छ । प्रा.लि.का अनुसार हरेक यातायात मजदुर, कर्मचारी र ब्यबसायीले महिनाको १ हजारमात्र बचत गरेर रु. १५ लाखदेखि २२ लाखसम्म बिमा, क्षतिपुर्ती र राहत प्याकेज उपलब्ध गराउने योजना कार्यान्वयन गरिएको छ ।
कार्यक्रममा प्रमुख प्रशिक्षक ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख एवं प्रहरी उपरिक्षक मित्रबन्धु शर्माले प्रहरी, यातायात मजदुर र यात्रु सबै अनुशासित भएमा दुर्घटना न्यूनिकरण हुने बिश्वास ब्यक्त गरे । पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का अध्यक्ष दधिराम खरेलले आफु मातहतका यातायात श्रमिकहरुको ब्यक्तिगत र पारिवारिक जीवनमा आर्थिक सुरक्षा र सामाजिक मर्यादा थप्ने अभियान सुरु गरेको बताए । यातायात क्षेत्रमा बढ्दो दुर्घटना र त्यसले निम्त्याउने क्षतिलाई न्यूनीकरण गर्न प्रा.लिले लामो समयदेखि सवारी चालक तालिम प्रदान गर्दै आएको उल्लेख गर्दै अध्यक्ष खरेलले अव दुर्घटना न्यूनिकरणका सवालमा मात्र नभै मजदुर तथा कर्मचारीहरुको आर्थिक सामाजिक सवालमा पनि प्रा.लि.ले उल्लेख्य प्याकेज कार्यान्वयनमा ल्याएको जानकारी दिए । अध्यक्ष खरेलले भने—“ आफुसहित यात्रुको जिवन बचाउन र पैसा बचाउन सँगसँगै सिकाउदै छौं ।”

प्रा.लि. अन्तर्गत लामो दूरी तथा रात्री सेवाका यात्रुबहाक बसहरु चलाउने करिब २ सय चालक र सहचालक सहभागी भएको सो कार्यक्रममा प्रशिक्षक एवं ट्राफिक प्रहरीका वरिष्ठ सहायक निरिक्षक ज्ञानु पाण्डेले चालक सहचालकहरुलाई आफ्नो पेशा र जिम्मेबारी प्रति गम्भिर भएर लाग्न आग्रह गरे । प्रा.लि.का सवारी ब्यबस्थापन तथा दुर्घटना न्यूनिकरणका संयोजक नारायण घिमिरेले पटक पटकको तालिमले यातायात मजदुर तथा कर्मचारीहरुको ब्यबहारमा सुधार आएको उल्लेख गर्दै सडक अनुशासन पालना गर्न आग्रह गरे ।
कार्यक्रमका सहसंयोजक नारायण भण्डारी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी प्रदेशका अध्यक्ष हुमबहादुर क्षेत्रीलगाएतले यातायात क्षेत्रमा मर्यादा, सुरक्षा र सामाजिक जिम्मेवारी सहित तालिम र सहकारी संयोजन गरेर नयाँ दिशा देखाएको बताए । साथै सवारी दुर्घटनाका कारण र समाधानबारे चर्चा गर्दै तालिमले मानव सभ्यता सवारी अनुशासनबाट सुरु हुन्छ भन्ने सन्देश दिएको उल्लेख गरेका थिए ।