२०८२ असार ३०

नवीनका विद्यार्थी माझ पल शाह
  • लुम्बिनी खोज
  • २०८२ असार २९, आईतवार १२:०९ गते

बुटवल २९ असार ।
नेपालका चर्चित अभिनेता तथा मोडल पल शाह (पूर्ण विक्रम शाह) ले बुटवल देवीनगरस्थीत नवीन औद्योगिक कदरबहादुर रिता माविमा विद्यार्थीसँग अन्तरक्रिया गरेका छन् । पल शाहलगायतको प्रतिनिधि मण्डलले विद्यालयको अवलोकन तथा विद्यार्थीसँग आइतबार अन्तरक्रिया गरेको हो ।
विद्यार्थी तथा शिक्षकहरुको भब्य स्वागत पाएका शाहले अन्तरक्रियाका क्रममा विद्यालयमा विद्यार्थीहरू तथा शिक्षकहरूका माझमा उपस्थित हुन पाउँदा आफूलाई साह्रै खुसी लागेको बताए । झण्डै ५ हजार विद्यार्थीले अध्ययन गर्ने नवीनमा ठूलो संख्यामा रहेका विद्यार्थी माझ उपस्थीत हुन पाउँदा आफूलाई विद्यार्थी जीवनको झल्को लागेको धारणा पनि व्यक्त गरे ।
उनले विद्यार्थीहरूलाई आफ्नो पठनपाठनलाई अब्बल बनाउँदै आफ्नो रुचि अनुसारको पेशालाई अगाल्न सुझाव दिए ।
नेपाली मोडल तथा अभिनेत्री बेनिसा हमालले नवीन विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूको अभिनेता तथा अभिनेत्री प्रतिको क्रेजको उच्च सम्मान गर्दै समस्त विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना गरिन् ।
कार्यक्रममा कलाकारसहितको टिमलाई स्वागत गर्दै विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले विद्यालयले अवलम्बन गरेका शैक्षिक असल अभ्यास तथा गतिविधिहरूको बारेमा जानकारी गराउँदै विद्यालयमा देशकै चर्चित अभिनेता र अभिनेत्रीलाई स्वागत गर्न पाएकोमा खुसी व्यक्त गरे ।
विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतको अध्यक्षतामा वित्तशास्त्र विषय शिक्षक डा. विष्णुप्रसाद घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।