२०८२ श्रावण ४

बुटवल हस्पिटल प्रा लिमा लेजर प्रविधि शुरु
  • लुम्बिनी खोज
  • २०८२ श्रावण ४, आईतवार ०६:२९ गते

बुटवल । बुटवल हस्पिटल प्रा लिमा लेजर प्रविधिबाट पायल्स को उपचार शुरु भएको छ । प्रविधि भित्रिएसंगै बिना चिरफार बिरामीको उपचार हुने अस्पतालका मेडिकल सुपरिटेण्डेन डा.कृष्ण प्रसाद खनालले बताउनु भयो । लेजर मार्फत विशेषत पायल्स, फिस्टुला, फिसर, पाइलोनाइडल, साइनस र खुट्टाको भेरिकोज भेनको बिना चिरफार उपचार गर्न सकिन्छ ।  लेजर मेसिनबाट बिरामीको उपचार गर्द अस्पतालको बसाई कम हुने, न्यूनतम रक्तश्राव र दुःखाई समेत कम हुने उपचारमा सम्लग्न बिशेषज्ञ डा.बिर्खराज जोशीले बताउनु भयो ।

उपचार पश्चात २÷३ दिनमै सामान्य अवस्थामा आउने भएकोले यो प्रविधिमा बिरामीहरुको माग समेत बढिरहेको छ । आजभोली खानपान र जीवनशैलीका कारण पायल्स र भेरिकोज भेनका बिरामीहरु पनि बढ्दै गएका छन् । उनिहरुका लागि लेजर प्रविधिमार्फतको उपचारले सहजता हुने भएकोले लेजर मेशिनबाट उपचार शुरु गरेको अस्पतालका अध्यक्ष चुन्न प्रसाद पौडेलले बताउनु भयो । उहांले समयको माग संगै बुटवल हस्पिटल प्रा लिले पनि आफ्ना उपकरणहरु परिस्कृत गर्दै लगेको जानकारी दिनु भयो । सूचना प्रविधिकोआजको युगमा बिरामीहरुको विभिन्न अंगमा गरिने शल्यक्रियालाई लेजर प्रविधिबाट गर्ने गरिएको छ ।

यो प्रविधि विशेष प्रकारको प्रकाश प्रविधि हो । यो प्रकाशले बिरामीको असर परेको अंगमा विकिरणको माध्यमद्धारा शल्यक्रिया गर्ने गरिन्छ । हाल आंखा, नाक, कान, घांटी, मृगौलाको पत्थरी,ब्रेन ट्युमर, पाठेघरलगायतका अंगहरुमा यो प्रविधिको प्रयोग गरिंदै आएको छ । बुटवल ६ चांदवारीचोक नजिकै आफ्नै भवनबाट सेवा दिर्दै आएको बुटवल हस्पिटल प्रा लिले अत्याधुनिक उपकरण, दक्क्षजनशक्तिको समायोजन र अत्याुधिनिक पुर्वाधारसहितको सेवाले बिरामीहरुका लागि बुटवल बाहिर उपचारकै लाजि जार्नु पर्ने वाध्यताको अन्त्य गरेको दावी छ ।