२०८२ असार ८

एमालेले टुंग्यायो महानगर र उपमहानगरका उम्मेदवार
  • लुम्बिनी खोज
  • २०७९ बैशाख १०, शनिबार १७:४० गते

बुटवलको मेयरमा बाबुराम भट्टराई र उपमेयरमा साबित्रादेवी अर्याल

बुटबल ।
नेकपा एमालेले बुटवल उपमहानगरपालिकाको मेयरमा बाबुराम भट्टराई उम्मेदवार बनाउने भएको छ । उपमेयरमा साबित्रादेवी अर्याललाई उठाउने एमालेले निर्णय गरेको छ । काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने भएको छ । उपप्रमुखमा सुनिता डङ्गोललाई उठाउने एमालेले निर्णय गरेको छ । डङ्गोलले यसअघि स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी थिइन्। । ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य, पोखरा महानगरको मेयरमा दिपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाएको छ ।

नेकपा एमालेले महानगरहरुमा बनाएका मेयर र उपमेयरका उम्मेदवारहरु

काठमाडौं महानगरपालिका मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोल

ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य

पोखरा महानगरको मेयरमा दिपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङ

भरतपुरको मेयरमा विजय सुवेदी र उपमेयर खाली

वीरगञ्जको मेयरमा विजय सारबगी र उमपेयर खाली

बिराटनगर महानगरपालिकाको मेयर र उपमेयर टुंगो लाग्न बाँकी

नेकपा एमालेले तोकेको उपमहानरपालिकाका मेयर र उपमेयरका उम्मेदवारहरु

धनगढी उपमहानरपालिकाको मेयरमा रणबहादुर चन्द र उपमेयर कन्दकला राना थारु

नेपालगञ्ज उपमहानरपालिकाको मेयरमा पशुपतिदयाल मिश्र र उपमेयरमा शान्तिदेवी ढकाल

तुलसीपुर उपमहानरपालिकाको मेयरमा टिकाराम खड्का र उपमेयरमा स्यानी चौधरी

घोराही उपमहानरपालिकाको मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुमा कुमारी डिसी

बुटवल उपमहानरपालिकाको मेयरमा प्रमुख बाबुराम भट्टराई र उपमेयरमा साबित्रादेवी अर्याल

हेटौंडा उपमहानरपालिकाको मेयरमा अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्ले

धरान उपमहानरपालिकाको मेयरमा मञ्जु भण्डारी र उपमेयर पदम लिम्बु

इटहरी उपमहानरपालिकाको मेयरमा यमकुमार सुब्बा र उपमेयर संगिता चौधरी

कलैया उपमहानरपालिकाको मेयरमा विनोद साह र उपमेयर खाली