२०८२ भाद्र २३

राममणिमा शुभकामना तथा सम्मान कार्यक्रम
  • लुम्बिनी खोज
  • २०८२ श्रावण २५, आईतवार १२:४५ गते

बुटवल २५ साउन ।
रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा आज (आइतबार)कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीका लागि शुभकामना तथा सम्मान कार्यक्रम गरिएको छ । गणेश पराजुलीको अध्यक्षतामा आयोजित कार्यक्रममा क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले निकटतम अभिभावकत्व सहित स्नातक तह अध्यापनका लागि राममणि क्याम्पस केन्द्रित रहेको बताए ।
सहायक क्याम्पस प्रमुख प्रमुख खुमकान्त पाण्डेयले बी.बी.एस. बी.एड. र बी.ए.मा बहुविषय रोजेर अध्ययन गर्न राममणि उपयुक्त हुने भन्दै प्रशस्त मात्रामा उपलब्ध छात्रवृत्तिका अवसरहरू सदुपयोग गर्न विद्यार्थीलाई आग्रह गरे । क्याम्पसका उपप्राध्यापक मुक्तिनाथ गैह्रेको सञ्चालनमा भएको कार्यक्रममा उपप्राध्यापक नोवराज तिवारी, अरूण कुमार साहनी, वेदप्रसाद न्यौपाने लगायतले सुदृढ भविष्यका लागि राममणि नै उचित हुने उल्लेख गरे ।