२०८२ श्रावण २८
रुपन्देही २६ साउन ।
राष्ट्रिय मानव अधिकार आयोगले रवि लामिछानेलाई राखिएको भैरहवा स्थीत कारागारको कोठामा कोठामा वातानुकूलित एसी नरहेको बताएको छ । साथै, झ्याल प्लाइउडले टालेर बन्द गरिएको पनि जनाएको छ । कारागारभित्र आधारभूत सुविधाहरुको अभाव रहेको आयोगको टोलीले जनाएको छ । लामिछानेलाई आधारभुत सुविधा पनि उपलब्ध नगराएको आयोग टोलिको भनाइ छ ।
आयोगकी सदस्य लिली थापा नेतृत्वको टोलीले सोमबार भैरहवास्थित कारागारको निरीक्षण गरेको थियो । निरिक्षणपछि उनले लामिछाने रहेको कोठामा दुई वटा पंखा रहेको तर बाहिरबाट हावा आउने ठाउँ नै नभएकाले पंखाको हावाले नपुग्ने अवस्था रहेको बताइन् । शौचालयको अवस्था पनि असाध्यै खराब रहेको र पानीको समेत अभाव रहेको आयोगले जनाएको छ ।
थापाले रविलाई स्थानान्तरणका लागि अनुमति नदिइएकोप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको पनि बताइन् । ‘अदालतले भनिसक्दा पनि उहाँलाई जेल सार्न दिइएको रहेनछ । यस विषयमा कारागार व्यवस्थापन विभागसँग कुरा गर्छौँ,’ उनले भनिन् ।