२०८१ श्रावण १२

रुपन्देहीमा यी हुन एमालेका पालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवार
  • लुम्बिनी खोज
  • २०७९ बैशाख ११, आईतवार ११:३९ गते

बुटवल ।
स्थानीय निकायको निर्बाचनको लागि नेकपा एमालेले रुपन्देही जिल्लाका १६ पालिकाहरुमा पालिका प्रमुख र उपप्रमुख अगाडी सारेको छ । जसमा बुटवल उप–महानगरपालिकाको मेयरमा बाबुराम भट्टराई उपमेयरमा सावित्रा अर्याल,देवदह नगरपालिका मेयरमा धुब्र्रप्रसाद खरेल उपमेयरमा बिद्यालक्ष्मी गुरुङ्ग, तिलोत्तमा नगरपालिकाको मेयरमा मोहन चापागाई उपमेयरमा जागेश्वरीदेवी चौधरी, सैनामैना नगरपालिका मेयरमा चित्रवहादुर कार्की ,उपमेयरमा विना राना त्यस्तै ओमसतीया गाउँपालिका प्रमुखमा मन्जितकुमार यादव उपप्रमुखमा निर्मलाकुमारी निषाद, रोहिणी गाउँपालिका प्रमुखमा सनोजकुमार यादव उपप्रमुखमा बसन्ती पाण्डे ,मायादेवी गाउँपालिकामा लाला लोध र सन्नु चाई रहेका छन् । मर्चवारीमाई गाउँपालिकामा कमलेस यादव र बिन्द्रावती गौड, सम्मरीमाई गाउँपालिका मुस्लिम खान र पिंकला लोध, कोटहीमाई गाउँपालिकामा श्यामसुन्दर यादव र मायाँ साहनी उम्मेदवार बनेका छन् । त्यस्तै लुम्बिनी साँस्कृतिक नगरपालिकामा रमावती यादव र कल्पना हरिजन, गैडहवा गाउँपालिकामा पशुपति यादव र मन्जु रिजाल कञ्चन गाउँपालिकामा गोकर्णवहादुर क्षेत्री र गोमा तरामु, शुद्धोधन गाउँपालिकामा किशुनचन्द्र चौधरी र शान्तादेवी ज्ञवाली, सियारी गाउँपालिकामा अयोध्या थारु र अमृता गुरुङ्ग रहेकाे एमालेले जनाएकाे छ ।