२०८२ भाद्र १६
बुटवल ५ भदौ ।
लुम्बिनी प्रदेश सरकाले बर्का अट्वारी पर्वको अवसरमा भदौ ८ गते आइतबार लुम्बिनी प्रदेशका थारू समुदायको बसोवास धेरै रहेका ६ जिल्लामा सार्वजनिक विदा दिने भएको छ । प्रदेश राजपत्रमा २०८१ चैत २१ मा प्रकाशित सुचना बमोजिम आइतबार विदा दिइएको हो ।
थारु समुदायको बसोजास बढी रहेको दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने सूचना आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको छ । थारू समुदायमा महत्वका साथ मनाइने बर्का अट्वारी पर्व यस बर्ष भदौ ८ गते आइतबार परेको जनाइएको छ ।