२०८२ भाद्र १८

कांग्रेस लुम्बिनी महिला विभागद्धारा तीज मिलन, महिलाहरुको भुमिकामा अन्तरक्रिया
  • लुम्बिनी खोज
  • २०८२ भाद्र ६, शुक्रबार १६:१६ गते

बुटवल ६ भदौ ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश महिला विभागद्धारा तीज मिलन कार्यक्रम गरिएको छ ।
हरितालिका तीजको अवसरमा शुक्रवार निर्वाचनमा महिलाहरुको भूमिका विषयक अन्तरक्रिया तथा तीज मिलन दर खाने कार्यक्रम गरिएको हो ।
कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । प्रदेश महिला विभाग संयोजक शान्ता भण्डारीको अध्यक्षता र प्रदेश सदस्य शान्ति शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा कांग्रेस नेता तथा महिला नेतृहरुले तीज पर्वको महत्वका बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा महिला नेतृहरु रमा अर्याल, पुष्पा थरुनी, रिता केसी, रिता सेन , कांग्रेस रुपन्देही क्षेत्र नम्वर ३ का क्षेत्रीय सभापति शुसिल गुरुङलगायतले निर्वाचनमा महिलाहरुको भुमिका महत्वपूर्ण हुने धारणा राखेका थिए ।