२०८१ फाल्गुन २

बुटवलमा एमालेलेद्वारा उम्मेदारी दर्ता
  • लुम्बिनी खोज
  • २०७९ बैशाख १२, सोमबार १०:५९ गते

बुटवल ।
नेकपा एमालेले बुटवल उपमहानगरको मेयर तथा उपमेयरका लागि उम्मेदवारी दर्ता गराएको छ । बुटवल उपमहानगपालिकाका मेयरका लागि बाबुराम भट्टराई र उप मेयरका लागि साबित्रा अर्यालले उम्मेदवारी दर्ता गराएका हुन । बाजागाजा र दलबलसहित बुटवल उपमहानगरपालिका बुटवलको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सोमबार उम्मेदारी दर्ता गराएका हुन । पार्टी उपाध्यक्ष बिष्णु पौडेलसहित निर्वाचन कार्यालयमा पुगेको टोलीमा उपाध्यक्ष पौडेलसँगै लुम्बिनीका अध्यक्ष लिला गिरी, हाल बुटवलका मेयर तथा एमाले केन्द्रीय सदस्य शिवराज सुवेदी, उप मेयर तथा केन्द्रीय सदस्य गोमा आचार्य, युवा नेता गोपाल रानासहितको टोली आयोगमा पुगेको थियो ।