२०८२ भाद्र १८
बुटवल, ८ भदौ ।
नेपाल पत्रकार महासंघ रूपन्देहीले आइतबार बुटवलमा तीज मिलन कार्यक्रम संम्पन्न गरेको छ । पत्रकार महासंघ रूपन्देहीले महासंघमा आवद्ध सदस्यसँगै सञ्चारकर्मीहरूबीच तीज मिलन कार्यक्रम सम्पन्न गरेको हो ।
तीज मिलन कार्यक्रममा सहभागि संचारकर्मीले तीजको मौलिकता, पत्रकारका संगै समाजका दुःख सुखका गीत गाउदै नाचगान गरेका थिए ।
कार्यक्रम नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष दिनेश पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेल ,अन्य पत्रकारहरुको सहभागिता रहेको थियो ।