२०८१ श्रावण १२

रुपन्देहीमा उम्मेदवारी मनोनयन दर्ता उत्साहजनक 
  • लुम्बिनी खोज
  • २०७९ बैशाख १२, सोमबार १७:४३ गते
 बुटवल ।
 स्थानिय तहको निर्वाचनका लागि रुपन्देहीमा उम्मेदवारी दर्ता उत्साहजनक भएको छ । बुटवल उपमहानगरपालिकासहित यहाका नगरपालिका तथा गाउपालिकाहरुमा उम्मेदवारी दर्ता उत्साहजनक भएको हो ।
बुटवलमा गठबन्धनका तर्फबाट कांग्रेसका उपमहानगर समितिका सभापति खेलराज पाण्डेले उम्मेदवारी दर्ता गराएका छन । त्यस्तै उपमेयरमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उप महानगर कमिटीका अध्यक्ष चिनवहादुर गुरुगंले उम्मेदवारी दर्ता गराएका छन । यहा उम्मेदवारी दर्ता गराउन पार्टीका नेता कार्यकर्ता नारा जुलुस सहित पुगेका थिए । बुटवलको चर्को गर्मीमा पनि उम्मेदवारी दर्तामा शक्ति प्रर्दशन गर्दै नारावाजीमा दलका कार्यकर्ताहरु उत्रिएका थिए ।
बुटवलमा एमालेको तर्फबाट पार्टीका प्रदेश कमिटी सदस्य बाबुराम भट्टराईले उम्मेदवारी दर्ता गराएका छन । यहा एमालेले उपमेयरमा साबित्रा देवी अर्यालले उम्मेदवारी दर्ता गराएकी छिन । एमाले नेता विष्णु पौडेलसहितका नेताहरुसहित नारा जुलुस गर्दै एमाले टोलि उम्मेदवारी दर्ता गर्न आएको थियो ।
बुटवलमा राप्रपाबाट मृगेन्द्र शेरचन, उपमेयरमा भगवती पाण्डेले उम्मेदवारी दर्ता गराएकी छिन ।बुटवलमा मेयरमा १३ र उपमेयरमा १२ जनाले साझसम्ममा उम्मेदवारी दर्ता गराएका छन ।
तिलोत्तमामा चापागाई र खाण रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एमालेका तर्फबाट मोहन चापागाईंले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् ।एमाले प्रदेश कमिटी सदस्य र पत्रकार समेत रहेका उनले तिलोत्तमा नगरपालिकाको निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । यहा एमालेबाट उपमेयरमा जगेश्वरदेवी चौधरीले उम्मेदवारी दर्ता गराएकी छन् ।
तिलोत्तमामा गठबन्धनका तर्फबाट कांग्रेसका जिल्ला सभापति रामकृष्ण खाणले उम्मेदवारी दर्ता गराएका छन । गठबन्धनका तर्फबाट उपमेयरमा माओवादीका हेमन्त पाण्डेले उम्मेदवारी दिएका छन । तिलोत्तमामा मेयर उपमेयरमा गरेर २० जना भन्दा पनि बढीले उम्मेदवारी दर्ता गराएका छन ।
त्यस्तै सैनामैना नगरपालिकामा पनि उत्साहजनक रुपमा उम्मेदवारी दर्ता भएको छ । साझ सम्मको विवरण अनुसार यहा मेयरमा १० र उपमेयरमा ५ जनाले दर्ता गराएका छन ।
मजदुर किसान पार्टीद्धारा विभिन्न पालिकामा उम्मेदवारी । नेपाल मजदुर किसान पार्टीले रूपन्देहीको विभिन्न पालिकाहरूका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा वडाध्यक्ष पदमा उम्मेदवारी दिएको छ । बुटवल उपमहानगरपालिका प्रमुखमा हरिसुन्दर वासी, कञ्चन गाउककपालिका अध्यक्षमा जगिलाल थापा, लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुखमा सुशीला पौडेल, तिलोत्तमा नगरपालिका प्रमुखमा सरू बिक र उपप्रमुखमा प्रविन नेपाली तथा सोही नपाको ६ वडाध्यक्षमा पार्वती बिकलाई नेमकिपाले उम्मेदवार बनाएको छ ।यहाका अन्य पालिकाहरुमा पनि उत्साहजनक रुपमा उम्मेदवारी दर्ता भएको छ ।