२०८२ कार्तिक ३
बुटवल ४ असोज ।
नवीन औद्योगिक कदरबहादुर रीता मावि देवीनगर बुटवलमा प्राविधिक धार अन्तर्गत सिभिल इन्जिनियरिङ तर्फ कक्षा १२ को ओजेटी मूल्याङ्कन सम्पन्न भएको छ ।
उक्त अवसरमा मन्तव्य व्यक्त गर्दै राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनी प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बुटवलका कार्यालय प्रमुख रमाकान्त तिवारीले विद्यार्थीहरूले २२ सय घण्टा फिल्डमा ओजेटीमा खटिएर सिप सिकेर इस्टिमेट ,मूल्याङ्कन, नक्सा डिजाइन र ड्रइङ्ग गर्न सक्षम भएकोमा खुशी ब्यक्त गरे । उनले एक सब इन्जिनियरका रुपमा श्रम बजारमा आउको भन्दै सीप र सक्षमताको आधारमा राष्ट्रिय परीक्षा बोर्डले ग्रेड सिट प्रमाणीकरण गर्ने हुँदा पढ्दै विश्लेषण गर्दै अगाडि बढेर आफ्नो जीवन सुन्दर बनाउने तर्फ लाग्न सुझाव दिए ।
बुटवल उपमहानगरपालिका शिक्षा शाखा प्रमुख उपनिर्देशक टिकारामपन्थी, बुटवल उपमहानगरपालिका शिक्षा अधिकृत कोपिला ज्ञवाली, राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनी प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बुटवलका अधिकृत बाबुराम भण्डारी, बाह्य परीक्षक विज्ञ इन्जिनियर सागर भुसाल, कक्षा ११ १२ का सिभिल इन्जिनियरिङ संयोजक ई बिमल अर्याल, प्रशिक्षक इन्जिनियर साम्भ पन्थी र विद्यार्थी विक्रम पौडेल लगायतले धारणा व्यक्त गरेका थिए । कार्यक्रममा समूहगत रूपमा विद्यार्थीहरू प्रिया जयसवाल, आशिष चौधरी र आकृति खड्काले प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतको अध्यक्षतामा सिभिल इन्जिनियरिङका विद्यार्थी वर्षा भुसालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
सिभिल इन्जिनियरिङ कक्षा १२ को बोर्ड परीक्षा समाप्ति पश्चात लुम्बिनी प्रदेश अन्तर्गतका पालिकाहरू र कन्सल्टेन्सी लगायतका कार्यालयहरूमा विद्यार्थीहरू परिचालन भएका थिए ।