२०८१ श्रावण १२

उपमेयर उम्मेदवार बालकृष्ण भन्छनः भुमिकास्थानलाई समृद्ध बनाउने इच्छा छ
  • लुम्बिनी खोज
  • २०७९ बैशाख १४, बुधबार १७:०७ गते

अर्घाखाची ।
अर्घाखाचीको भुमिकास्थान नगरपालिकामा यस पटक सत्ता गठबन्धनका उम्मेदवार र एमालेका उम्मेदवारका वीचमा चुनावी प्रतिस्पर्धा छ । यहा प्रमुखमा जत्तिकै रोचक प्रतिस्पर्धा उपप्रमुखमा रहेको छ । उपप्रमुखका उम्मेदवार बालकृष्ण बन्जाडे स्थानिय समाजसेवी हुन भने उनी जिल्लामा राम्रै परिचित ब्यक्तित्व हुन ।
पञ्चायती कालमा होस् वा वहुदलिय ब्यवस्थामा होस् उनले विकास निर्माण तथा समाजसेवामा योगदान दिदै आएका छन । विद्यार्थी जीवनमा कम्युनिष्टको राजनीति गरेका बन्जाडे ६ वर्ष शिक्षण पेशामा रहे । ६५ वर्षका उनी २०४३ सालमा धारापानी गाउपञ्चायतको प्रधानपञ्च भएर सिंगो धारापानीको नेतृत्व गरे । धारापानीको विकासका लागि पञ्चायतकालमा पनि योगदान गरेका उनले बहुदलिय ब्यवस्थामा पनि सक्दो पहल र काम गर्दै आएका छन । पछिल्लो पटक ०७४ सालमा वडा अध्यक्ष भएर धारापानीको विकासमा होमिएका उनी अव भने सिगो नगरपालिकाको विकासमा तल्लिन हुन चाहान्छन ।

जनताले सुख र सुविधा पाउनुपर्छ भन्ने बन्जाडेको मान्यता
पालिकालाई समृद्ध बनाउने मेरो चाहाना छ, भष्टाचार मुक्त समाज बनाउन र विकासका कामलाई तीव्रता दिन, पालिकाको उपमेयरमा उम्मेदवारी दिएको छु, उनले भने, जनताले सुख र सुविधा पाउनुपर्छ भन्ने मेरो मान्यता रहेको छ, पालिका उपप्रमुखमा विजय भएपछि म सोही अनुसार काममा खट्छु ।
भुमिका स्थान नगरपालिकाका ३ नम्वर र १० नम्वर वडा अलि पछाडी परेका वडामा पर्छन । बन्जाडे यी दुवै वडाका सडक सुधारमा पहिलो चासो दिन्छन । ती वडाका सडक सुधार गर्न पाए त्यहाका जनतालाई धेरै सहज हुने थियो भन्ने सोच आफूमा रहेको उनले बताए । आफू निर्वाचित भएपछि ती वडाको सडक सुधार सगै पालिका भरीका सडक सुधारमा विशेष ध्यान दिने बताउछन ।
कृषि, शिक्षा, स्वास्थ्यमा योजना वद्ध विकास गर्ने बन्जाडेको चाहना
पालिकाका बासिन्दालाई खानेपानी सुविधा सहज बनाउन लागि पर्ने प्रतिवद्धता उनको छ । सबै घरमा अर्थात एक घर एक धारा एक वर्ष भित्रैमा पुर्याउने गरी काम गर्ने बन्जाडे बताउछन । पालिकाका बासिन्दाको जीवन स्तरमा परिवर्तन ल्याउने गरी विकासमा योगदान गर्ने चाहाना राखेका बन्जाडे कृषि, शिक्षा, स्वास्थ्यदेखि हरेक क्षेत्रको विकासमा योजना वद्ध रुपमा अगाडी बढ्ने प्रतिवद्धता समेत जनाउछन ।
वडा वडामा गुणस्तरीय स्वास्थ्य सेवा हुनुपर्छ भन्ने मान्यता मेरो छ, जतिसक्दो सुधार गर्न म लागि पर्छु, उनले भने । स्वास्थ्यमा जनशक्ति थप गर्न तथा भौतिक संरचनामा सुधार गर्न लागि पर्ने उनले बताए । त्यस्तै गुणस्तरीय शिक्षामा पनि आफ्नो विशेष ध्यान जाने उनले बताए । लामो समय शिक्षण पेशा समेत अगालेका बन्जाडेले पालिकामा शिक्षामा सुधार ल्याउन सकिए गुणस्तर जनशक्ति उत्पादन हुने र त्यसले पालिकालाई मात्रै नभएर देश विकासमा योगदान पुग्ने ठान्छन ।
यस्तो छ बन्जाडेको राजनीति पृष्ठभुमि
बिस २०१४ सालमा जन्मिएका बालकृष्ण बन्जाडे बिद्यार्थी जीवनकालमा कम्युनिष्ट राजनीतिबाट प्रभावित थिए । विद्यार्थी जीवनमा अखिलको राजनीति गरेका उनी शिक्षक हुदै प्रधानपञ्च भए । ०४६ सालको राजनीति परिवर्तन पछि कांग्रेसको राजनीतिमा सक्रिय उनले २ दशक कांग्रेसको राजनीतिमा सक्रिय भुमिका निर्वाह गरे । कांग्रेसको गाविस समितिको सचिव देखि क्षेत्र तथा जिल्ला तहका विभिन्न समितिमा रहेर पनि उनले भुमिका निर्वाह गरे  । २०६६ सालदेखि माओवादीमा सक्रिय रहदै आएका बन्जाडे ०६६ देखि हालसम्म माओवादी केन्द्रको जिल्ला सल्लाहकार रहेका छन । अर्घाखाचीमा माओवादीका पाका राजनीतिज्ञ बन्जाडे सरल र जनप्रेमी ब्यक्तित्वका रुपमा परिचित छन ।
भुमिका स्थानमा उपप्रमुखमा एमालेबाट बसन्ता पौडेल, नेकपा एकीकृत समाजवादीबाट सुनिता वेलवासे, जसपाबाट माया पन्थी पनि चुनावी मैदानमा छन ।