२०८२ पुष ३

लुम्बिनी प्रदेशका प्रमुख सचिव बावुराम अधिकारीको बिदाइ
  • लुम्बिनी खोज
  • २०८२ कार्तिक २७, बिहीबार १२:३६ गते

दाङ २७ कात्तिक ।
लुम्बिनी प्रदेशका प्रमुख सचिव बावुराम अधिकारीको बिदाइ गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका (देउखुरी)मा बिहीबार एक कार्यक्रम आयोजना गरेर उनलाई बिदाइ गरिएको हो ।
कार्यक्रममा सचिव कविन्द्र नेपाल र मोतिराज सापकोटाले अधिकारीसँगको सहकार्यको अनुभव सुनाउँदै उनिबाट व्यवसायिक कार्यसम्पादनमा नेतृत्व, सहज व्यवहार र समन्वयको राम्रो उदाहरण स्थापित भएको उल्लेख गरे ।
गत वर्ष माघमा लुम्बिनी प्रदेशमा सरुवा भएर आएका अधिकारीको बागमती प्रदेशको प्रमुख सचिवका रूपमा सरुवा भएको हो । बिदाइ कार्यक्रममा बोल्दै प्रमुख सचिव अधिकारीले लुम्बिनी प्रदेश सातवटै प्रदेशमध्ये मोडल प्रदेशका रूपमा स्थापित भएको बताए ।
उनले ३७ वर्षे सेवायात्रा पूरा गरी ३८औं वर्षमा प्रवेश गर्न लाग्दा निष्पक्ष र इमानदार रूपमा कार्यसम्पादन गरेको बताउँदै सबैप्रति आभार व्यक्त गरेका छन ।