२०८२ पुष ३
बुटवल, २८ कार्तिक ।
नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय देवीनगरमा चिकित्सा शिक्षा आयोगको परीक्षामा एमविविएसमा नाम निकाल्न सफल विद्यार्थीलाई शुक्रवार विद्यालयमा सम्मान गरिएको छ
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले चिकित्सा शिक्षा आयोगद्वारा लिएको एमबिबिएस परीक्षामा नाम निकाल्न सफल राजु यादव र पवन पौडेललाई सम्मान गर्दै कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई राजु यादव र पवन पौडेलले गरेको कार्यको अनुसरण गर्न आग्रह गरे । राजु यादव र पवन पौडेललाई विद्यालयमा आएर विद्यार्थीहरुलाई हौसला दिन र शिक्षकहरुसँग सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा उनले जोड पनि दिए ।
कार्यक्रममा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल राजु यादव र पवन पौडेलले आफ्नो अनुभव सेयर गरेका थिए । व्यवस्थापन समूह कक्षा ११ होटल व्यवस्थापन विषय अध्ययन गर्ने कक्षा सी र डी का विद्यार्थीहरू २२ गते भैरहवाको पाँच तारे होटेल सिद्धार्थ भिलासा अवलोकनको क्रममा प्राप्त असल अभ्यास कक्षा ११ सी का विद्यार्थी समिर शाही समुन्द्रीले प्रस्तुत गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतको अध्यक्षतामा विज्ञान समूह कक्षा ११ कि छात्रा प्रतिज्ञा चन्दको सञ्चालनमा सम्पन्न कार्यक्रममा राजु यादवकी आमा अमरावती देवी यादव र पवन पौडेलका बुबा कृष्ण प्रसाद पौडेल र आमा कमला पौडेललाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा कक्षा ११ र १२ मा व्यवस्थापन, विज्ञान, कानुन र शिक्षा समुहमा अध्ययन गर्ने करिव २ हजार २ सय विद्यार्थीको सक्रिय सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।
