२०८२ मंसिर १६
बुटवल १६ मंसिर ।
लुम्बिनी प्रदेश सभामा रिक्त रहेको प्रदेश सभा सदस्य(सांसद) पदमा रेवती गुरुङ चयन भएकी छिन् । प्रदेश सभा सदस्य पदमा समानुपातिक निर्वाचन तर्फबाट उनी निर्वाचित भएकी हुन् ।
निर्वाचित गुरुङलाई सभामुख तुलाराम घर्ती मगरले पद तथा गोपनीयताको सपथ गराएका छन् । । नेकपा एमालेबाट प्रतिनिधित्व गर्ने सरिता पुनको निधन भएपछि रिक्त रहेको पदमा निर्वाचित गुरुङ रुपन्देही देवदह नगरपालिका ५ निवासी हुन् । प्रदेश सभा सदस्य निर्वाचन ऎन २०७४ बमोजिम २०७९ मसिर ४ गते समानुपातिक निर्वाचन प्रणाली अनुसार सम्पन्न भएको निर्वाचन एवं निर्वाचन आयोगको यही मंसिर ११ गतेको निर्णय अनुसार उनी प्रदेश सभा सदस्य पदमा निर्वाचित भएकी हुन् ।
उनको सपथ ग्रहण सगै प्रदेश सभाले पूर्णता पाएको छ । लुम्बिनी प्रदेश सभामा ८७ जजना सदस्य रहेका छन् ।
