२०८२ मंसिर २४
बुटवल, २४ मंसिर ।
नेपाली कम्युनिष्ट पार्टी बाँकेको सन्देश सभा लाई नेपालले सम्बोधन गर्ने नेपाली कम्युनिष्ट पार्टी बाँकेले जिल्लामा आयोजना गरिने एकता सन्देश सभाको तैयारी पुरा भएको छ ।
मंसिर २५ गते नेपालगञ्जको त्रिभुवन चौकमा आयोजना गरिने एकता सन्देश सभाको प्रचार प्रसारका लागी ८१ वटै वडाहरूमा सयुक्त बैठक गरेर प्रचार प्रसारका काम तीब्र पारिएको नेता नरेन्द्र पाण्डे जेम्सले बताए । उनले पालिका स्तर र वडा स्तरमा सयुक्त बैठक बसि प्रचार प्रसारको काम लाई तिव्रता दिइएको जानकारी दिए । कार्यक्रम लाई भव्य बनाउनका लागी बिभिन्न उपसमितिहरू गठन गरिएको समेत पाण्डेले बताए । पार्टीका सह संयोजक तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल प्रमुख वक्ता रहेको कार्यक्रममा नेताहरू शक्ति बहादुर बस्नेत , कर्णजित बुढाथोकी लगायत पनि सहभागी हुने नेता दीपक जिएम ले जानकारी दिए । बाँके जिल्ला स्तरीय एकता सन्देश सभामा १० हजार भन्दा बढि मानिसहरको उपस्थिति रहने नेताहरूले दाबी गरेका छन ।