२०८२ मंसिर २७

एमाले महाधिवेशन:ओलीद्वारा उद्घाटन
  • लुम्बिनी खोज
  • २०८२ मंसिर २७, शनिबार ११:११ गते

बुटवल, २७ मंसिर ।
नेकपा एमालेको ११ औँ महाधिवेशन भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको छ । अध्यक्ष केपी शर्मा ओलीले रिमोट थिचेर झण्डोत्तल र बत्ति बालेर उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा एमालेका नेता कार्यकर्तासहित विभिन्न पार्टीका नेताहरु अतिथिका रुपमा सहभागी भएका छन् । सल्लाघारीस्थित तीनकुने मैदानमा सहभागीहरुको बाक्लो उपस्थिति रहेको छ भने सुरक्षा व्यवस्था समेत कडा पारिएको छ ।
एमालेको महाधिवेशन डिजिटल प्रविधिबाट उद्घाटन गरिएको हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एघारौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गरेका छन् । भक्तपुरको सल्लाघारीमा आयोजित उद्घाटन सत्रमा ओलीले लिखित मन्तव्य राखेका थिए ।
सो क्रममा उनले देशको पछिल्लो परिस्थिति, राजनीतिक घटनाक्रम, वर्तमान सरकार, पार्टीको आन्तरिक जीवन लगायतका विषयमा सम्बोधन गरे ।