२०८२ पुष ३
बुटवल ३ पुस ।
बुटवलको सुप्रीम सहकारीको बचत अपचलन मुद्दामा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई अदालतले रिहा गर्न आदेश दिएको छ । उच्च अदालत बुटवलको तुलसीपुर इजलासले लामिछानेलाई तारेखमा रिहा गर्न आदेश दिएको हो। यद्यपि प्रक्रियागत कारणले उनी बिहीवार रिहा भएनन ।
अदालतले राखेका सर्तहरू पूरा गर्न लामिछाने जिल्ला अदालत रूपन्देही जानुपर्ने भएकाले आज त्यो प्रक्रिया पूरा नहुने भएको हो।
लामिछाने आजै रिहा हुने अपेक्षामा नक्खु कारागारबाहिर उनका समर्थकहरूको भिड लागेको थियो।
रवि लामिछानेका हकमा जिल्ला अदालतले मागेको धरौटी कायम राखेर तारेखमा रिहा गर्नू भन्ने आदेश भएको छ । छविलाल जोशीको हकमा जिल्लाबाटै गर्नू भन्ने आदेश छ गरेको छ ।