२०८१ श्रावण १२

राष्ट्रिय आवश्यक्ता अनुरुपको गठबन्धन निर्माण भएकोले जित्छौ: उम्मेदवार भण्डारी
  • लुम्बिनी खोज
  • २०७९ बैशाख २०, मंगलवार ०१:१९ गते

बुटवल ।
गुल्मी धुर्कोट गाउपालिकाका अध्यक्षका उम्मेदवार महेन्द्र भण्डारीले धुर्कोटमा राष्ट्रिय आबस्यक्त अनुरुपको गठबन्धन निर्माण भएकोले ढुक्क चुनाब जित्ने दाबि गरेका छन । नेपाली कांग्रेस धुर्कोट रुपन्देही सम्पर्क समिती र सम्पर्क मञ्चद्वारा बुटवलमा आयोजित कार्यक्रममा बोल्दै गठबन्धन भित्र रहेको माओबादीकेन्द ब्यक्तिगत आकक्षा पदलोभ र म प्रबृतिका कारण बाहरीएको बताए । गत चुनाबमा काय्रेस र माओबादी केन्द्र बिच तालमेल भएर माओबादीलाई अध्यक्ष दिएर जिताएको बताउदै यस पटक आफुलाई अध्यक्ष दिने सहमति रहेको बताए । उनले पुर्ब सहमति अनुसार नै आफु अध्यक्ष भएको उनले दाबि गरे । कार्यक्रममा बोल्दै उपाध्यक्ष पदका उम्मेदवार चन्द्र बहादुर सुनारले गाउपालिकाको समानुपातिक बिकास गर्न र कर्मठ ,भौगोलिक अवस्था बुझेको गठबन्धनलाई सहयोग गरि बिजय बनाउन आआफ्नो ठाउँबाट लाग्न सम्पुर्ण धुर्कोटबासीलाई अनुरोध गरेका छन ।
कार्यक्रममा नेकपा समाजबादीका केन्द्रीय सदस्य गणेश खनाल , नेपाली कांग्रेसका प्रदेश सदस्य छन्द पहराई , नेपाली कांग्रेसका जिल्ला उपसभापति एवम धुर्कोट गाउँपालिकाका कार्यवाहक अध्यक्ष शिव बहादुर खत्री , महाधिवेशन प्रतिनिधि पृथ बहादुर फौजदार , राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य सुर्य जिसि , रिता केसी लगायतको उपस्थिति रहेको थियो ।
बिमल घिमिरेको सञ्चालन एबम यदुमनी पोख्रेलको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।