२०८२ पुष १५
बुटवल ८ पुस ।
जनवरी २३ र २४, २०२६ मा वर्डक्याम्प नेपाल २०२६ः वर्डप्रेसको महत्त्वपूर्ण कार्यक्रम रुपन्देहीमा हुने भएको छ । मणिग्राम विश्राम बाटिकामा आयोजना हुने यस कार्यक्रमलाई प्रविधि र व्यापारको केन्द्रका रूपमा उदाउँदै गरेको लुम्बिनी प्रदेशको लागि एउटा महत्वपूर्ण अवसरको रूपमा हेरिएको आयोजकले जनाएका छन् ।
काठमाडौंमा मात्र केन्द्रित नभई, देशका अन्य भागहरूमा पनि वर्डप्रेसको ज्ञान र अवसरहरू
पुर्याउने उद्देश्यका साथ रुपन्देहीलाई यो सम्मेलनको आयोजना स्थलको रूपमा छनोट गरिएको आयोजकको भनाइ छ । यो कदमले नेपालको बढ्दो डिजिटल अर्थतन्त्रलाई टेवा
पुर्याउने अपेक्षा गरिएको छ । जहाँ वर्डप्रेसले वेबसाइट निर्माण, सामग्री व्यवस्थापन र ई–कमर्स समाधानमा महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।
वर्डक्याम्प नेपाल २०२६ ले विगतका सफल कार्यक्रमहरूको विरासतलाई निरन्तरता दिँदै सिक्ने, नेटवर्क बनाउने र समुदाय निर्माण गर्ने अवसर प्रदान गर्नेछ। बुटवल–भैरहवा र लुम्बिनी जस्ता महत्वपूर्ण स्थानको नजिकै रहेको तिलोत्तमा नगरपालिकाको मणिग्रामको छनोटले तराई क्षेत्रका साथै अन्य ठाउँबाट पनि सहभागीहरूलाई आकर्षित गर्ने विश्वास गरिएको छ। आध्यात्मिक परम्परा, प्राकृतिक सौन्दर्य, भ्यू–प्वाइन्ट र पार्कहरूले भरिपूर्ण रुपन्देही, वर्डक्याम्प नेपाल २०२६ को लागि उत्कृष्ट पृष्ठभूमि हुनेछ।
कन्ट्रिब्युटर डे – जनवरी २३
आयोजकका अनुसार कार्यक्रमको पहिलो दिन, वर्डप्रेस प्रोजेक्टलाई योगदान गर्ने दिन हुनेछ। यसमा विभिन्न टिम र समूहमा सहभागी भई सहयोग, सिकाइ र भविष्य निर्माणमा प्रत्यक्ष योगदान दिन सकिनेछ।
कन्फरेन्स डे – जनवरी २४
मुख्य सम्मेलन दिवसमा विशेषज्ञ वक्ता, प्यानल छलफल र व्यवहारिक कार्यशालाहरू रहनेछन्। यस दिन वर्डप्रेस सम्बन्धी नयाँ प्रवृत्ति, उत्तम अभ्यास र नवीनतम जानकारीहरू सिक्ने अवसर हुनेछ।
कार्यक्रममा सहभागिताका लागि आयोजकले अनुरोध गर्दै भनेका छन्, जोडिनुहोस्, सिक्नुहोस् र बढ्नुहोस् ।
वर्डक्याम्प नेपाल २०२६ ले नेपालभरिका वर्डप्रेस प्रेमीहरू, डेभलपर, डिजाइनर, कन्टेन्ट क्रिएटर र प्रयोगकर्तालाई एकै ठाउँमा ल्याउनेछ। ज्ञान बाँड्न, विचार साट्न र नयाँ सहकार्यको सुरुवात गर्न यो उत्कृष्ट अवसर हुनेछ। सहभागिताको लागि अनलाइन रजिस्ट्रेसन खुला भइसकेको भन्दै आयोजकले टिकट अनलाईन मार्फत उपलब्ध हुने जनाएका छन् । टिकट https://nepal.wordcamp.org/2026/tickets/ उपलब्ध हुने जनाइएको छ ।
कार्यक्रममा डेभलपर, प्लगइन र थिम निर्माता, डिजाइनर, सर्च-इन्जीन विशेषज्ञ, व्यवसाय सञ्चालक, कन्टेन्ट क्रिएटर, विद्यार्थी लगायत सबै वर्डप्रेसप्रेमीहरूले भाग लिन सक्नेछन्।
यस कार्यक्रमबाट निम्न उपलब्धी हासिल गर्न सकिने भनाइ आयोजकको रहेको छ ।
● वर्डप्रेससँग सम्बन्धित नयाँ जानकारी र प्रविधिको विकासबारे बुझ्न।
● नेटवर्क निर्माण गर्न।
● आफ्नो करियरका लागि नयाँ अवसरहरूको खोजी गर्न।
● वर्डप्रेस र यसको इकोसिस्टममा के भइरहेको छ भन्ने जानकारी प्राप्त गर्न।
वर्डक्याम्प नेपाल २०२६ वर्डप्रेस समुदायलाई एकै ठाउँमा ल्याउने ठूलो कार्यक्रम हो। वर्डप्रेसमा आफ्नो भविष्य बनाउन चाहने र यसमा योगदान दिन चाहने सबैका लागि यो कार्यक्रम महत्वपूर्ण छ।
आयोजकले दिएको जानाकारी अनुसार स्थान र दर्ता जानकारी यस्तो छः
यस वर्षको वर्डक्याम्प नेपाल २०२६, मणिग्राम बिश्राम बाटिकामा आयोजना हुनेछ। उक्त सम्मेलनमा सहभागिताको लागि अनलाइन रजिस्ट्रेसन खुला भइसकेको छ । टिकटको लागी याहाँ जानुहोस् । https://nepal.wordcamp.org/2026/tickets/
थप जानकारीका लागि वर्डक्याम्प नेपालको आधिकारिक वेबसाइट Website: https://nepal.wordcamp.org/2026/ मा जान सक्नुहुनेछ।