२०८२ पुष १२
बुटवल १२ पुस ।
नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय नेता सोम प्रसाद पाण्डेले पार्टी एकता मुलुक र नेपाली जनताको हितको लागि गरिएको बताएका छन ।
नेपाली कम्युनिष्ट पार्टी बुटवल उपमहानगरपालिका समितिले आयोजना गरेको एकता सन्देश सभामा बोल्दै नेपालको सिङ्गो कम्युनिष्ट आन्दोलनलाई रक्षा गर्न र मुलुक र जनताको रक्षा गर्नका लागि माओवादी केन्द्र र एकिकृत समाजबादी लगायतका अरु दलहरु बिच पार्टी एकता गरिएको बताएका हुन । उनले एकता कसैलाई पद दिनकालागि केन्द्रीय सदस्य बनाउनका लागि नभई सिङ्गो नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा गदै नेपाली बिशेषता अनुरुपकोे समाजबाद पुग्ने लक्ष्यका साथ पार्टी एकिकरण गरिएको बताए । नेता पाण्डेले एकताका बारेमा अनेक खालका भ्रम ,अनर्गल प्रचार गरिएको समेत बताउदै जनतालाई सचेत बनाउन आबस्यक रहेको तर्क समेत गरे ।

कार्यक्रममा नेपाली कम्युनिष्ट पाटीका नेता सुर्दशन बरालले बिगतमा जनताका जनजिबिकाका सबालमा हाम्रो पार्टीमा केही कमजोरी रहेको बताउदै अब जनताको जिबनस्तर माथी उठाउने गरि अगाडी बढ्नु पर्ने बताए । उनले अब बिचार बेचेर पार्टी बन्दैन जनजिबिकाका सबालमा केही काम गर्नु पर्ने बताए । पुर्ब मन्त्री समेत रहेका नेता बरालले हिजोका गल्तीहरुको गम्भिर आत्मसमिक्ष गदै नेपाली कम्युनिष्ट पाटी अगाडी बढ्ने दृढता ब्यक्त गरे ।

कार्यक्रममा केन्द्रिय नेता राजु नेपाली साबिक एकीकृत समाजबादीका बुटवल उपमहानगरपालिका अध्यक्ष चिन बहादुर गुरुङ ,माओबादी केन्द्रका बुटवल उपमहानगरपलिका अध्यक्ष महेन्द्र भुसाल , नेता कमल भण्डारीले पार्टी एकताको पक्षमा आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि दजनौ जेन्जी युबाहरु नेपाली कम्युनिष्ट पार्टीमा प्रबेस गरेका थिए । नब प्रबेशीलाई पुर्बमन्त्री तथा केन्द्रिय नेता सोम प्रसाद पाण्डेले अबिर लगाएर स्बागत गरेका थिए । कार्यक्रममा जनवादी कलाकारहरुले सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।