२०८२ माघ १

प्राविधिक धार सञ्चालन गरेका विद्यालयका प्रधानाध्यापकहरूको लागि अभिमुखीकरण कार्यक्रम
  • लुम्बिनी खोज
  • २०८२ पुष २४, बिहीबार १३:०४ गते

रुपन्देही २४ पुस ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरको आयोजनामा प्राविधिक धार सञ्चालन रहेका विद्यालयका प्रधानाध्यापकहरूको लागि अभिमुखीकरण कार्यक्रम शिक्षा तालिम केन्द्र मायादेवीमा बिहीबार सुरु भएको छ।
अभिमुखीकरण कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ रूपन्देहीका इकाई प्रमुख विष्णुप्रसाद पन्थी, शिक्षा तालिम केन्द्र रुपन्देहीका प्रमुख हिमलाल खनाल लगायतले धारणा राखेका छन् । अभिमुखीकरण कार्यक्रममा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक नीम प्रकाश सिंह राठौर ,शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका अधिकृत जीवन खनाल ,शिक्षा तथा मानव स्रोत विकास केन्द्रका शाखा अधिकृत गीता शर्मालगायतले सहजीकरण गरेका छन् । दुई दिवसीय अभिमुखीकरण कार्यक्रमलाई प्रभावकारी र व्यवस्थित गर्नको लागि संयोजकको रूपमा नवीन औद्योगिक कदर बहादुर रिता माविका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतलाई चयन गरिएको थियो। प्रतिवेदन लेखनको लागि प्रधानाध्यापक नारद ठाकुर र मनोरञ्जनको लागि प्रधानाध्यापक कौशिला गैरेलाई छनोट गरिएको थियो।
नेपाल सरकार शिक्षा तथा मानव स्रोत विकास केन्द्र अन्तर्गत देशमा ५३७ वटा सामुदायिक विद्यालयहरूमा कक्षा ९– १२ सिभिल इन्जिनियरिङ १४२, कम्प्युटर इन्जिनियरिङ १०९, इलेक्ट्रिकल इन्जिनियरिङ ३५, पशु विज्ञान ४६ र बाली विज्ञान २०५ देशभरमा सञ्चालन भएका छन् नेपालभर प्राविधिक धारमा ५ प्रतिशत विद्यार्थीहरू हुनुपर्नेमा हाल ३ प्रतिशत मात्र विद्यार्थीहरू रहेको पाइएको छ। उक्त अभिमुखीकरण कार्यक्रम लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देही जिल्लाका १२ वटा कपिलवस्तु जिल्लाका १२ वटा र नवलपरासी पश्चिमका सातवटा गरी जम्मा ३१ वटा प्राविधिक धार सञ्चालन भएका विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको छ । कार्यक्रममा नेपालकै सर्वोकृष्ट विद्यालय कालिका मानवज्ञान माविका प्रधानाध्यापक दिनेश थापाले यस खालका अभिमुखीकरण कार्यक्रमलाई प्रभावकारी र व्यवस्थित गर्ने किसिमले निरन्तरता दिनुपर्ने कुरामा जोड दिए ।