२०८२ माघ १
काठमाडौ, ३० पुस ।
आधिकारिकताको दाबी गर्दै नेपाली कांग्रेसको दुवै पक्षले निर्वाचन आयोगलाई पत्राचार गरेको छ। संस्थापन पक्षले विशेष महाधिवेशन अवैध भएको भनेर पत्र लेखेको छ भने विशेष महाधिवेशन पक्षधरले बहुमत महाधिवेशन प्रतिनिधि सहभागी भएकाले आफूहरू आधिकारिक भएको दाबी गरेको छ।
बुधबार बसेको कांग्रेसको कार्यसमितिति बैठकले गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पार्टीबाट निष्कासनको निर्णय गरेको थियो। सो बैठकमा संस्थापन पक्ष मात्र सहभागी थियो। विशेष महाधिवेशन पक्षधरले भने केन्द्रीय कार्यसमिति पहिले नै भंग भइसकेकाले सो बैठकको निर्णयको कुनै औचित्य नहुने दाबी गरेको छ।