२०८२ माघ २
काठमाडौ,२ माघ ।
नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधर नेताहरू आज निर्वाचन आयोग पुगेका छन । शेरबहादुर देउवा नेतृत्वको समूहका नेताहरूले पार्टीको आधिकारिकता आफूहरूकै पक्षमा रहने दाबी गर्दै आवश्यक कागजात बुझाएका हुन । निर्वाचन आयोगमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित, उपसभापति धनराज गुरुङ, नेताहरू डा शशांक कोईराला, मिन विश्वकर्मा,नैनसिंह महर लगायतका नेताहरूको उपस्थिति छ ।
यसअघि बिहीबार गगन थापा नेतृत्वको विशेष महाधिवेशन पक्षधर समूहले पनि निर्वाचन आयोगमा नयाँ केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न निवेदन दिएको थियो । गगन थापा सभापतिसहितका नवनिर्वाचित पदाधिकारीहरूले विशेष महाधिवेशन विधानसम्मत रहेको र बहुमत प्रतिनिधिको सहभागितामा सम्पन्न भएको जिकिर गर्दै आधिकारिकता दाबी गरेका थिए । विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा भएपछि देउवा पक्षले थापासहितका नेताहरूलाई कारबाही गरेको थियो ।
निर्वाचन आयोगले दुवै पक्षको दाबी अध्ययन गरिरहेको छ र आयोगको सुरक्षा व्यवस्था कडा पारिएको छ।