२०८२ माघ २

निर्वाचन आयोगले गगन थापा नेतृत्वलाई दियो काग्रेस सभापतिको मान्यता
  • लुम्बिनी खोज
  • २०८२ माघ २, शुक्रबार १४:२३ गते

शुक्रबार बसेको आयोगको बैठकले चार तारे झन्डा र चुनाह चिन्ह रुखसहित गगन थापाले नेतृत्व गरेको कार्यसमितिलाई आधिकारिक कांग्रेसको मान्यता दिएको हो।

काठमाडौ, २ माघ ।
नेपाली काग्रेसको आधिकारिकताको विवादमा बिशेष महाधिवेशन गर्ने गगन थापा पक्षलाई निर्वाचन आयोगले मान्यता दिएको छ। शुक्रबार आयोगले बिशेष महाधिवेशन रितपूर्वक भएको निष्कर्षका आधारमा सो पक्षलाई आधिकारिता दिएको हो। कार्यवाहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र जानकी तुलाधरले गगन पक्षलाई आधिकारिकता दिने निर्णय गरेका हुन । अर्का आयुक्त सगुनशमशेर जबराले भने फरक मत राखेका थिए ।

शेरबहादुर देउवा पक्षले यही साता सम्पन्न बिशेष महाधिवेशन रितपूर्वक नभएको दाबी गरेको थियो। तर गगन पक्षले बहुमत महाधिवेशन प्रतिनिधि सो महाधिवेशनमा उपस्थित भएकाले यसको निर्णय नै अन्तिम हुने दाबी गदै पार्टीको विवरण अद्यावधिक गर्न निवेदन दिएको थियो। जसअनुसार अब बिशेष महाधिवेशनबाट चयन भएको नेतृत्व नै आधिकारिक हुने भएको छ।