२०८२ माघ ३

बुटवलमा रोयल इन्फिल्ड बाइक राइड हुने
  • लुम्बिनी खोज
  • २०८२ माघ ३, शनिबार १३:५१ गते

बुटवल ३ माघ ।
रोयल इन्फिल्ड (गैरे प्रतिष्ठान) बुटवलको आयोजनामा माघ २४ गते बुटवलमा रोयल इन्फिल्ड बाइक राइड हुने भएको छ । राइडमा १५१ जना राइडर सहभागी हुनेछन् । बाइक राइडको रुट भने माघ १५देखि २० गते सम्म सार्वजनिक हुने गैरे प्रतिष्ठान बुटवलका एमडी प्रबेशराज गैरेले बताए । रोयल इनफिल्ड बुटवलको आधिकारिक बिक्रेता गैरे प्रतिष्ठान प्रालि रहेको छ ।
हालसम्म १४० जना बढीले नाम दर्ता गरिसकेका गैरे प्रतिष्ठान बुटवल शो रूम म्यानेजर नारायणप्रसाद खनालले जानकारी दिए । उक्त राइडमा राइडरहरुको क्लब ह्वील्स अफ लुम्बिनी, बुटवल इन्फिल्डर्स, लुम्बिनी इन्फिल्डर्स, यलो रन्च बुटवल र ब्रदरहुड सैनामैना लगायतका क्लबहरुको सहभागिता रहने गैरे प्रतिष्ठानका लेखा प्रमुख कमल घिमिरेले जानकारी दिए ।
कार्यक्रमका विषयमा जानकारी दिन राइडर क्लबहरु र गैरे प्रतिष्ठानबीच शनिबार भेटघाट र छलफल कार्यक्रम समेत भएको छ ।
राइडमा जानु अघि सहभागीहरुलाई ट्राफिक प्रहरीले ट्राफिक नियम पालना लगायतका विषयमा परामर्श दिने छ । गैरे प्रतिष्ठानका म्यानेजिङ डाइरेक्टर गैरेले यस किसिमको इभेन्ट अहिलेसम्म कसैले पनि नगरेको र रोयल इन्फिल्ड नेपालले पनि नगरेको भन्दै यसलाई विशेष महत्वका साथ तयारी गरिएको बताए ।
राइड इभेन्टमा ट्राफिक नियमको पालना गर्दै सुरक्षित तरिकाले चलाउनुपर्नेमा उनले जोड पनि दिए । राइड गर्दा ध्वनी प्रदुषण नगरी साइलेन्सर , ह्यान्डल तथा सिट मोडिफाइड नगरी यो कार्यक्रम सम्पन्न गर्न सबैले भुमिका खेल्नुपर्नेमा पनि उनले जोड दिए । ​
गैरे प्रतिष्ठान बुटवलका एमडी प्रवेशराज गैरेले यो मेगा इभेन्ट एकदमै अनुशासित र व्यवस्थित हुने, राइड बढीमा साढे दुई घण्टा हुने र त्यसपछि सहभागी क्लबहरुलाई उपहार वितरण गरेर कार्यक्रम समापन हुने बताए ।