२०८२ माघ ३

देवदह महोत्सवमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगितामा न्यु नमूना प्रथम
  • लुम्बिनी खोज
  • २०८२ माघ ३, शनिबार १४:३६ गते

बुटवल,३ माघ ।
दशौँ देवदह महोत्सवमा आयोजित अन्तर विद्यालय लोकनृत्य प्रतियोगितामा न्यु नमूना इंलिश बोर्डिंङ्ग स्कुल प्रथम भएको छ ।
प्रतियोगितामा सर्वाधिक अंक प्राप्त गर्दै न्यू नमूना प्रथम भएको निर्णय संयोजक नृत्य निर्देशक संघ लुम्बिनी प्रदेश अध्यक्ष लोकेन्द्र शाहले जानकारी दिए । प्रतियोगितामा ग्रीन प्लान्ट आवासीय माध्यमिक विद्यालय द्वितीय, देवदह इंलिश बोर्डिंङ्ग स्कुल तृतीय तथा देवदह बुद्ध पब्लिक मन्टेश्वरी सान्त्वना भएको प्रतियोगिता संयोजक विश्व गुरुङले बताए । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई नगद, ट्रफी र प्रमाण पत्रले पुरस्कृत गरिएको मेलाका पुरस्कार तथा प्रमाण पत्र व्यवस्थापन समिति संयोजक धनबहादुर पुंवरले जानकारी दिए । 

माघ ६ गतेसम्म सञ्चालन हुने महोत्सवमा देवदह क्षेत्रको कृषि, उद्यम, हस्तकला, पहिचान र पर्यटन सम्भावनालाई एकै ठाउँबाट उजागर गर्ने लक्ष्य लिइएको आयोजकले जनाएको छ । पछिल्ला वर्षहरूमा सञ्चालन भएका व्यापार मेलाहरूले स्थानीय उत्पादनको मूल्य अभिवृद्धि, बजारमा उत्पादनको पहुँच र पहिचान विस्तारमा सहयोग पु‍¥याउँदै आएको आयोजकको भनाइ छ ।
प्रतियोगितामा देवदहका आठ वटा विद्यालयले सहभागिता जनाएका थिए । विद्यार्थीहरुले नेपाली मौलिक संस्कृति झल्किने नृत्य प्रस्तुत गरेको मेलाका सांस्कृतिक संयोजक गोविन्द ठडराईले बताए । मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, सिङ्गिङ आइडल, डान्सिङ स्टार, लोक भजन प्रतियोगिता, विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, बाल उद्यान, आकर्षक सेल्फी तथा टिकटक जोन लगायतका आकर्षक रहने जनाइएको छ ।
स्थानीय तथा सांस्कृतिक खानाका होटलसहित २५० वटा स्टल रहको महोत्सवमा १० करोड रुपैंयाभन्दा बढिको कारोवार हुने जनाइएको छ ।