२०८२ माघ २९

जेन्जी आन्दोलनको मर्म अनुरुप मेरो उम्मेद्धारी हो: विश्वदीप
  • लुम्बिनी खोज
  • २०८२ माघ २८, बुधबार १४:२१ गते

बुटवल, २८ माघ ।
रुपन्देही क्षेत्र नं। २ मा प्रतिनिधि सभा सदस्य पदका लागि नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० का युवा उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले जेन्जी आन्दोलनको मर्म र भावना अनुरुप आफ्नो उम्मेदवारी रहेकोले कुनै संकोच नमानी तारा चिन्हमा मतदान गरेर विजयी बनाउन मतदाता संग अपिल गरेका छन ।

पार्टीले बुटवल वडा नं। १० मा स्थापना गरेको प्रचार–प्रसार कार्यालय उद्घाटन गर्दै उम्मेदवार पाण्डेले युवा पुस्ताको ऊर्जा, नयाँ सोच र स्पष्ट विचारका साथ परिणाममुखी राजनीति गर्न दृढतापूर्वक लाग्ने विश्वास समेत ब्यक्त गरेका छन ।
उनले अबका दिनमा ढाटेर आफ्नो दुनो सोझाउने ठगमाराहरु बिगतमा सांसद र मन्त्री बने पनि अब बेलैमा चिनेर यसपटकको चुनावमा किनारा लगाउनुपर्ने आवश्यकतामा जोड दिएका थिए ।

उम्मेद्धार पाण्डेले जेन्जी आन्दोलनको भावना र मर्म अनुसार आफूले काम गर्ने समेत बताए । बदलिंदो राजनीतिक परिस्थितिमा जेन्जी आन्दोनलले उठाएका जायज प्रमुुख एजेण्डाहरु आफूले आत्मसाथ गर्ने बिश्वास समेत उनले ब्यक्त गरे ।

उम्मेदवार पाण्डेले बुधबार बुटवलका वडा नंं १०, ११ र १२ का मतदातासंग भेटघाट तथा घरदैलो गरेका छन । भेटघाटका क्रममा उनले आम जनताले जीवनमा महसुस हुनेगरी विकास चाहेकाले भन्दै ब्यवहारमा देखिने गरी काम गर्ने संकल्प गरे । दैनिक जनताका गुनासा सुन्दै घरदैलोमा हिडेका उम्मेदवार विश्वदीपले ‘यो जिम्मेवारी मतदाताको काँधमा आएको छ’, उनले जनभेटघाटमा भने ‘मतदान गर्दा हजार चोटी सोच्नुहोला । पछि पछुताएर कुनै अर्थ हुनेछैन । जनताका असल प्रतिनिधि चुन्ने अवसर सधै प्राप्त हुँदैन ।’
आफ्ना निर्वाचन क्षेत्रका जनतासंगको भेटघाट र अन्र्तक्रियाका क्रममा उनले जनताका विभिन्न जिज्ञासा मेटाउदै परिवर्तन कागजमा नभई व्यवहारमा देखिने गरी ल्याउन आफू प्रतिवद्ध रहेको बताए ।

जनताको आवश्यकता र चाहना आफूले राम्रोसंग बुझेको बताउँदै रुपन्देही क्षेत्र नं– २ का उम्मेदवार पाण्डेले नेपालमै सम्मानजनक रोजगारीको अवसर सिर्जना गर्न सक्नेगरी काम गनुपर्ने चुनौती देशमा विद्यमान रहेको बताए । ‘
रुपन्देही क्षेत्र नं २ का बुटवल उपमहानगरपालिकाका १ देखि १३ नं सम्मका वडा, तिलोत्तमाका १ देखि ६ नं सम्मका वडा र सैनामैनाका १ देखि ४ नं सम्मका वडामा नेकपाका नेता कार्यकर्ता र उम्मेदवार सहभागी भएर घरदैलो अभियान जारी राखेका छन ।