२०८२ फाल्गुन ११
बुटवल १० फागुन ।
मुलुकलाई शान्ति र समृद्धिको बाटोमा लैजान नेकपा एमालेको जित अपरिहार्य रहेको नेकपा एमाले क्षेत्र नम्वर १, का उम्मेदवार दधिराम न्यौपानेले बताएका छन् । उनले देशमा शान्ति, शुसासन र समृद्धिको लागि नेकपा एमाले संग स्पष्ट योजना रहेको बताउदै त्यो योजना कार्यान्वयन गर्न पार्टीका उम्मेदवारले जित्नु पर्नैमा जोड दिए ।
प्रतिनिधि सभा निर्वाचन अन्र्तगत देवदह नगरपालिका–५ र ६ को घरदैलो अभियानमा मतदाताहरु संग संवाद गर्दे उनले संविधानमा रहेका केही बुदाँहरु संशोधन गर्न आवश्यक रहेको बताउदै नागरिकको हितलाई ध्यान दिएर संविधान शंसोधन गर्नुपर्नैमा जोड दिए ।
एमालेका केन्द्रिय सदस्य समेत रहेका उम्मेदवार न्यौपानेले नेकपा एमालेको लुम्विनी प्रदेश सरकारले कृषिको विकासको लागि स्मार्ट गाउको अवधारण अगाडि सारेपनि त्यसपछिका सरकारले बेवास्ता गर्दा कार्यान्वयन नभएको बताए । उनले उत्पादन बृद्धिको लागि कृषिलाई आधुनिकरण गर्न आवश्यक रहेको बताउदै त्यसको लागि नेकपा एमालेसग दीर्घकालिन योजना रहेको बताए । उनले मुलुकलाई विकासको बाटोमा लैजान सवैले हातेमालो गर्न आवश्यक रहेको बताउदै मताधिकारलाई सही सदुपयोग गर्न आग्रह गरे । घरदैलो कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुको उल्लेखनीय रुपमा सहभागिता रहेको सो पार्टीले जनाएको छ ।

