२०८२ फाल्गुन १२
रुपन्देही ११ फागुन ।
रुपन्देहीको भगवानपुरमा रहेको छोटी भंन्सार नाकालाई व्यवस्थित गर्न निरन्तर पहल गर्ने नेकपा एमाले क्षेत्र नम्वर १, का उम्मेदवार दधिराम न्यौपानेले बताएका छन् । उनले भगवानपुर भन्सार देखि पाल्पाको माथागढी हुदै पोखरा जोड्ने सडक निर्माणको योजना पुरा गर्न आफुले पहल गर्ने वपन बताएका छन् ।
प्रतिनिधि सभा निर्वाचन अन्र्तगत रोहिणी गाउँपालिकाको विभिन्न वडाहरुमा घरदैलो गर्ने क्रममा मतदाता संग सम्वाद गर्दै एमालेका केन्द्रिय सदस्य समेत रहेका उम्मेदवार न्यौपानेले रोहिणी गाउपालिकाको समग्र विकासको लागि निरन्तर आवाज उठाउने प्रतिवद्धता व्यक्त गरे । उनले यस क्षेत्रको स्वास्थ्य, शिक्षा, पुर्वाधार विकासका लागि बजेट व्यवस्थापनमा सरकारलाई आवश्यक दवाव दिनेमा जोड दिए । उम्मेदवार न्यौपानेले रोहिणी गाउपालिका भित्र रहेको विभिन्न सडकको विकास गर्ने चर्चा गर्दै उनले तिनै तहको सरकार संग समन्वय गरेर क्षेत्रको विकासको लागि योजना निर्माण गरी सोही अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गरे उनले कृषि उत्पादन बृद्धिको लागि किसानलाई समयमै रासायनिक मलखाद, विऊ विजन लगायतका कृषि सामाग्री उपलव्ध गराउन पहल गर्ने पनि बताए ।